News Portal

ब्राजिलमा ४० लाख कोरोना संक्रमित

हिमाली संचार संवाददाता
४६८ पटक

काठमाडौं -ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ४० लाख नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र करिब ४४ हजार नयाँ संक्रमित थपिएका हुन् । यससँगै ब्राजिलमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ४० लाख ४० हजार नाघेको छ ।

यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ८३४ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै ब्राजिलमा समग्रमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख २४ हजार ६२४ पुगेको छ ।

ब्राजिल कोरोना भाइरसका संक्रमित संख्या र मृतक संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक अमेरिकामा अहिलेसम्म ६१ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् भने एक लाख ८६ हजार ६९८ जनाको मृत्यु पनि भइसकेको छ ।

स्रोत : बीबीसी

 

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...