News Portal

ब्राजिलमा ४० लाख कोरोना संक्रमित

हिमाली संचार संवाददाता
४५२ पटक

काठमाडौं -ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ४० लाख नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र करिब ४४ हजार नयाँ संक्रमित थपिएका हुन् । यससँगै ब्राजिलमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ४० लाख ४० हजार नाघेको छ ।

यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ८३४ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै ब्राजिलमा समग्रमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख २४ हजार ६२४ पुगेको छ ।

ब्राजिल कोरोना भाइरसका संक्रमित संख्या र मृतक संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक अमेरिकामा अहिलेसम्म ६१ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् भने एक लाख ८६ हजार ६९८ जनाको मृत्यु पनि भइसकेको छ ।

स्रोत : बीबीसी

 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...