News Portal

दैनिक ८ सय यात्रु नेपाल भित्र्याउने सरकारी तयारी

हिमाली संचार संवाददाता
६७२ पटक

मिनराज भण्डारी/काठमाडौँ – गत चैतको दोस्रो सातादेखि बन्द रहेको अन्तर्राष्ट्रिय उडान मंगलबारदेखि आंशिक सञ्चालनमा आएको छ। नियमित उडान बन्द भएको ५ महिनापछि सञ्चालनमा आएको उडान विश्वका १६ गन्तव्यबाट हुनेछ।

पाँच महिनायता विभिन्न समयमा उडान तालिका सार्वजनिक हुँदै र सार्दै आए पनि मंगलबारबाट भने सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडानमा आएको छ। यसअघिका उद्धार उडानमा लागू गरिएका सर्तहरू पालना नभएको भन्दै सरकारी व्यवस्थापनको समेत आलोचना हुँदै आएको छ।

भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले पिसिआर परीक्षण सहज भएका देशमा हाललाई एक महिना नियमित उडान गर्ने निर्णय गरेको हो। उक्त अवधिमा चार्टर्ड उडानसमेत जारी रहने छन्।

अबको नियमित तथा चार्टर्ड उडानबाट दैनिक ८ सय यात्रु नेपाल प्रवेश गराउने सरकारी तयारी छ। विगत ५ महिनामा व्यावसायिक उडान नभए पनि नेपालबाट र विदेशबाट चार्टर्डसहित मेडिकल, तथा कार्गाे उडान भने सञ्चालनमा छन्।

गत जेठको अन्तिम हप्तादेखि सञ्चालनमा आएको उद्वार उडानमार्फत मंगलबारको अन्तिम उडान बाहेक ५५ हजार तीन सय ९२ नेपाली स्वदेश फर्किसकेको विमानस्थल कार्यालयले जनाएको छ। सरकारले सुरुमा विदेशमा अलपत्र १० हजार नेपालीलाई स्वदेश फर्काउने जनाएपनि पछिल्लो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट दैनिक १८ सम्म उडान हुँदै आएका थिए।

विगत ५ महिनामा नेपालमा रहेका विभिन्न मुलुकका विदेशीलाई फर्काउन नेपालबाट चार्टर्ड उडान भएका छन्। उक्त अवधिमा नेपालबाट २२ हजार दुई सय विदेशी स्वदेश फर्किएको कार्यालयले जनाएको छ। अन अराइभल भिसामा रोक जारी रहेकाले अझै एक महिना विदेशी नागरिक नेपाल आउन पाउने छैनन्।

हाल पर्यटन मन्त्रालयले स्वीकृत गरेको उडान तालिका अनुसार भदौ १६ देखि असोज १४ सम्म ६० वटा नियमित उडान हुनेछन्। त्यस्तै, अबको एक महिनामा २७ वटा चार्टर उडान हुनेछन्। १० वटा विदेशी र दुई विदेशी जहाजले एक महिनासम्म उडान भर्ने अनुमति पाएका छन्।

पर्यटन मन्त्रालयले सार्वजनिक गरेको उडान तालिका अनुसार नियमिततर्फ मलिन्दो एयर, नेपाल वायुसेवा निगम, क्याथे ड्रागन, हिमालय एयरलाइन्स, कोरियन एयरलाइन्स, मलेसियन एयरलाइन्स, चाइना साउदर्न, एयर अरेबिया, कतार एयरवेज, फ्लाई दुबई, टर्किस एयरलाइन्सले उडान अनुमति पाएका छन्।

त्यस्तै, पिसिआर परीक्षण सहज नभएका मुलुकबाट एक महिनामा २७ वटा चार्टर्ड उडान हुनेछन्। चार्टर्ड उडान हुने मुकुकहरू कतार, माले, कुवेत, साउदी अरेबिया रहेका छन्। यी गन्तव्यबाट कतार एयरवेज, सलाम एयर, जजिरा एयर, नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले यात्रु ओसार्नेछन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको तालिका अनुसार यसअघि नियमिततर्फ दुई र चार्टर्डतर्फ दैनिक एक उडानको अनुमति रहेपनि उक्त संख्या थपिन सक्ने जनाइएको छ।

नियमित तथा चार्टर्ड उडानबाट दूतावासका कर्मचारी, संयुक्त राष्ट्रसंघका १८ वटा एजेन्सी र नेपालमा रहेका १५ वटा विकास साझेदार संस्थाका कर्मचारी र प्रतिनिधि आउन पाउने छन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...