News Portal

  • तपाईंको राशिफल : २०७५ साल भाद्र २६ गते मङ्गलवार, सेप्टेम्बर ११, २०१८

    हिमाली संचार संवाददाता
    ४९३ पटक

    – ज्यो.प. नारायणप्रसाद दुलाल,

    मेष
    आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ ।

    वृष
    गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । परिवारमा सुख सन्तोष छाउला । वाहान सुख मिल्नेछ ।

    मिथुन
    अधिकार प्राप्तिका लागि दौडधूप गर्नु परे पनि लाभ नै हुनेछ । सामान हराउने वा नष्ट हुन सक्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

    कर्कट
    परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । नयाँ कार्यको थालनी हुनेछ ।सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

    सिंह
    धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । घरायसी सुखको अनुकूलता हुनेछ । वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । पुनर्मिलनको योग रहेको छ ।

    कन्या
    पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमाइलो यात्राको योग रहेको छ ।

    तुला
    यात्रामा सावधानी अपनाउनु पर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ ।

    वृश्चिक
    धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफन्तजनसँग भेटघाटको योग छ ।

    धनु
    मानसिकतामा थोरै विचलन ल्याए पनि प्रेमको वातावरण सुदृढ बन्नेछ । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । ठीक समयमा सही निर्णय लिन सकिनेछ ।

    मकर
    हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ । लाभदायक यात्रा रहला ।

    कुम्भ
    प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला ।

    मीन
    पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ । शुभकायको चर्चा चल्नेछ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    गुटको आधारमा अनुशासनको डण्डा चलाउनु हुँदैन : दीपक गिरी

    काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका...

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...