News Portal

जुगल लिदी पहिरो पिडीतका लागि हार्डबिटसंस्थाको सहयाेग

हिमाली संचार संवाददाता
६९५ पटक

दूर्गा श्रेष्ठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा गत हप्ता भिषण पहिरो गएको थियो । भौगोलिक वनावटका कारण वर्षेनी जनताले एक पछि अर्को प्राकृतिक विपत्ति बेहोर्नु परिरहेको छ। जुगल लिदी पहिरो पिडीतका लागि हार्डबिटसंस्थाले विपत्तिमा परेका पिडीतको लागि खाधन्न सहयाेग गरेको छ ।

समाजसेवी शिक्षाप्रेमी बुद्धिजीबी, नेकपा बाग्मती प्रदेश आर्थिक विभागको सदस्य, सिन्धुपाल्चोक उधोग वाणिज्य संधको सदस्य ईश्वर गुभाजुको पहलमा जुगल-२, लिदी पहिरो पीडितलाई राहत स्वरुप हार्डबिट सस्थाले २० बोरा चामल, ५० केजी नुन, ४० लिटर तेल, १३० केजी दाल, ४० थान त्रिपाल र दैनिक उपभोग्य सामाग्री १७३ थान कोलगेट र १ कार्टुन साबुन सहयोग गरेका हुन् । 

हार्डबिट संस्थाको संस्थापक अध्यक्ष जुजु काजी, सस्थापक रोशनी गोले तामाङले  हिमाली संचारसंगको कुराकानीमा पालिका उपाध्यक्ष सिर्जना तामाङले सामान बोक्नका लागि गाडी सहयोग गरेका जानकारी समेत दिएका छन् । 

सहयोग सामानहरु जुगल गाउपालिका उपाअध्यक्ष सिर्जना  तामाङको उपस्थितिमा बाँसखर्क पहिरो स्थित पीडित समक्ष भोली वितरण गर्ने जानकारी पनि दिएका छन् । उपाअध्यक्ष सिर्जना तामाङले सहोयग गर्नु हुने संघसंस्थालाई विशेष आभार ब्याक्त गरेकी छिन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...