News Portal

पुल बाढीले बगाएपछि विद्यार्थीलाई आवतजावतमा सास्ती

हिमाली संचार संवाददाता
७०४ पटक

रत्न भण्डारी
हुम्ला – खापुनार्थ गाउँपालिका २ कारङ्ग गाउँको कारङ्गखोलामा रहेको काठेपुल बाढीले बगाउँदा तीन महिनादेखि विद्यार्थीहरु विद्यालय जान सास्ती व्यहोर्दै आएका छन् ।

गत जेठ २८ मा बाढीले वडा नं. १ कारङ्गगाउँ र रायागाउँमा जोड्ने पुल बगाएपछि विद्यार्थीहरु विद्यालय जान जोखिम व्यहोरीरहेका छन् ।

कारङ्ग गाउँबाट हुम्ला मावि रायमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका १४ जना विद्यार्थी महिनौंसम्म विद्यालय जान दुःख भोग्दै आएको कक्षा १० मा अध्ययनरत नविना शाही बताइन् ।

५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको ३० मिटर लम्बाइको उक्त काठे पुल बाढीले बगाएपछि कारङ्गगाउँमा स्थानीयलाई आवतजावत गर्न समस्या भएको स्थानीय विवेक शाहीले बताए ।

पुल हुँदा बालबालिका आफैं विद्यलाय जाने गरेको तर अहिले हरेक दिन खोला तार्न जानु परेको शाहीले दुखेसो गरे । अभिभावकले नभ्याएको बेला विद्यालय जान नपाएको कक्षा ८ की विद्यार्थी सुनिता शाहीले बताइन् ।

खोलामा काठे पुल हुँदा घरबाट ३० मिनेटमा पुगिने विद्यालय अहिले तीन घण्टा लाग्ने गरेको विद्यार्थीहरुको गुनासो छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...