News Portal

जुगल-२ लिदी पहिरोमा वेपत्ता भएका मध्य, २ जनाको शव भेटिए, अझै २ जना बेपत्ता

हिमाली संचार संवाददाता
४५५ पटक

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल २ लिदी पहिरोमा वेपत्ता भएका १७ वर्षीय युवाको शव आज भेटिएको छ । जुगल ३ बाट लिदी मामाघर गएका १७ वर्षीय सुभाष तामाङ पहिरोमा परी बेपत्ता भएका थिए । उनको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यो संगै लिदीमा गएको पहिरोमा पुरिएका ३७ जनाको शव भेटिएको छ । लिदी पहिरोमा ३९ जना वेपत्ता भएका थिए । अहिलेसम्म ३७ जनाको शव भेटिएको र बाँकी २ जनाको पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोमा वेपता भएकाहरुको खोजीका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय लागिपरेका छन् । लिदीमा पहिरो गएको दुइहप्ता बढी भइसकेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...