News Portal

  • धरान नगर प्रमुख राईको विज्ञप्ति : भ्रममा नपर्नु रुख काटेको छैन

    हिमाली संचार संवाददाता
    ४४१ पटक

    दिलीप राई, धरान । धरान उपमहानगरपालिका धरानका मेयर तिलक राईले आफूले सामुदायिक वनको रुख काटेको भन्ने खबर गलत भएको भनेर आज एक विज्ञप्ति मार्फत स्पष्टीकरण दिएका छन् । नगर प्रमुख राईले फेसबुक मार्फत विज्ञप्ति पोष्ट गर्दै ब्यक्तिगत रिसिबीको आधारमा रुख काटेको भनेर कपोकल्पित आरोप भन्दै खण्डन गरेका छन् ।

    नगर प्रमुख राईले बिज्ञप्तिमा भनेका छन् ‘कोरोना महामारी नियन्त्रणको लागि अघि बढिरहेको बेला धरान-२० स्थित भालुढुङ्गा सामुदायिक वन भित्रको रूख काटिएको घटनामा मेरो संलग्नता र निर्देशनमा कोषाध्यक्ष भीम बस्नेतको उपस्थितिमा उक्त रुख काटिएको भन्ने कुरा र समाचार भ्रामक र कपोकल्पित हो भन्ने कुरा स्पष्ट पार्न चाहन्छु’ भनेका छन् । 

    सामुदायिक वनको अध्यक्ष बुद्दीमान तामाङका अनुसार मेयर राईले घर बनाउनको लागि सामुदायिक वनमा ढलापडा रुख माग गर्दै नगर प्रमुख राईले आमाको नाममा निवेदन हालेको थिए । तर निवेदन अनुसार रुख दिने निर्णय भएकोमा बन भित्रै छिरेर हरियो रुख काटेको आरोप सामुदायिक बनका अध्यक्ष तामाङले लगाएका छन् ।

    यता नगर प्रमुख राईले भने विष्णुपादुका मेरो आफ्नै गाउँ र पुर्ख्यौली जग्गाजमिन समेत रहेकोले त्यहाँ आउजाउ मात्र गर्ने गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । वन समितिको आन्तरिक अधिवेशन समेत नभएको बताउँदै राईले आफूसँग रिस साधेको हुन सक्ने स्पष्ट विज्ञप्तीमा लेखेका छन् । समितिको कोषाध्यक्षको घर छिमेकीको अवस्थामा रहेकोले भेट मात्र भएको विज्ञप्ति मार्फत स्पष्टीकरण राईले दिएका हुन् । 

    नगर प्रमुख राईले विज्ञप्तिमा भनेका छन् : ‘मलाई जानकारी भएसम्म वन समितिको आन्तरिक अधिवेशन केही वर्षदेखि विविध कारणबाट नियमित हुन नसकेको अवस्था रहेछ, ‘यी आन्तरिक समस्या र कोषाध्यक्षसँगको पारिवारिक र व्यक्तिगत आग्रह पूर्वाग्रह समेतलाई जोडी, रिसिवी साध्ने काम भएको प्रस्ट पार्न चाहन्छु ।’

    विज्ञप्तिको अन्त्यमा नगर प्रमुख राईले नगरवासीहरुलाई आफूप्रतिको विश्वास कायम राखी राख्न आग्रह गरेका छन् । ‘यो प्रसंगमा यहाँहरूको नगर प्रमुखको कुनै किसिमको संलग्नता नरहेको जानकारी गराउँदै हजुरहरूको असीम माया, स्नेह तथा साथ सहयोगको निरन्तर अपेक्षा राख्न चाहन्छु । मेरो व्यक्तिगत र नगर प्रमुखको हैसियतले मेरो तन, मन र वचन सम्पूर्ण नगरवासीहरू प्रति सदैव बफादारीताका साथ रही रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’ विज्ञप्तिमा भनिएको छ । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ९ गतेको राशिफल

    आज मंसिर ९, २०८२ (नोभेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर आगामी १२ डिसेम्बरमा सञ्चालन हुने

    कुवेत -कुवेतस्थित नेपाली राजदूतावासले मेट्रो मेडिकल ग्रुपको सहकार्यमा कुवेतमा बसोबास गर्दै आएका नेपालीहरूको लागि निःशुल्क...

    रास्वपा काठमाडौं सभापति प्रदीप बिष्टले राजीनामा फिर्ता लिए

    काठमाडौं, मंसिर ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौंका जिल्ला सभापति प्रदीप बिष्टले सोमबार आफ्नो...

    जेन्जी मुभमेन्ट नेपालले भन्यो: सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त

    काठमाडौँ, मंसिर ८ — सुशीला कार्की नेतृत्वको सरकारमाथि गम्भीर भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणका आरोप...

    सिंहदरबार प्रवेश अवरुद्ध भएपछि जेन–जी समूहले दक्षिण गेटमै टाँसे मागपत्र

    काठमाडौं, मंसिर ८ – प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउन तयार भएर सिंहदरबार पुगेका जेन–जीका २१ समूहका...