News Portal

आर्थिक अभावका कारण घरमै छटपटाउदै अनिल ऋिषिदेव

हिमाली संचार संवाददाता
६९७ पटक

रबिन्द्र बराल, मोरङ । मोरङ सुनवर्षी नगरपालिका – ३ भेलाई स्थित बसाेबास गर्दे आएका वेदु ऋषिदेवका १९ बर्षका जेठा छाेरा अनिल ऋिषिदेव २०७६ मंसिर २८ गते बिरामी भएपछि आर्थिक अभावले गर्दा घरमा नै राेग पालेर बस्न बाध्य भएका अनिल धरमा नै छटपटाई रहेका छन्।

शुरुमा उनको पेट दुख्ने समस्या थियो। उनका बुवाले पहिलोपटक बिराटनगर स्थित मोरङ सहकारी अस्पताल विराटनगरमा उपचारका लागि लगेका थिए। त्यहा उपचार  सम्भव नभए पछि अस्पतालले डिस्चार्ज दिने तयारी गरिरहँदा एक्कासि उनको कम्मरमुनीको भाग र दुबै खुट्टा  नचल्ने भए पछि नोबेल अस्पतालमा उपचार गराउन पुगेका थिए।

घरको आर्थिक अभावका कारणले बुबासंग खर्च नहुँदा  छाेरालाई घर फिर्ता ल्याउन बाध्य भए। घरमै राखेर गाउँ घरमा ऋण गरेर उनका बुवाले थप उपचारका लागि भारतको खरैया सम्म लगेका थिए। त्यहाँको डाक्टरको सल्लाह अनुसार एक महिना औषधि सेवन समेत गरे तर विरामीमा कुनै सुधार आएन।

उनको स्वास्थ्यमा झन थप समस्या थपियो रकम नभएकै कारण उनले छाेरालाई घरमा राख्न बाध्य भए । पुनः स्थानीयहरुकाे आर्थिक सहयोगमा कोशी अस्पताल बिराटनगरमा उपचार गराउन लगे तर उपचार सम्भावना नभए पछि आफन्तहरुले फेरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपचारका लागि लगेका थिए। अहिले उनलाई रकम अभावका कारणले गर्दा थप उपचारका लागि निकै समस्या भएपछि अहिले घरमै राखिएको आमा रिताले बताईन।

दैनिक ज्याला मजदुरी गरेर गुजारा गरिरहेका बेदुले छोराको उपचारका लागि राम्रो अस्पताल लैजान सकेनन्। कम्मरमुनीको भाग नचलेका कारण खुट्टा सुन्निएर फुट्न र अहिले ढाडमा समेत  खटिरा  आउन थालेको छ। आर्थिक अभाव र गरिबीका कारणले गर्दा समयमै अस्पताल नहुदा छाेराको स्वास्थ्यमा समस्या थपिएको बुवा बेदुले हिमालीसंचारसंगको कुराकानीमा बताए।

एक बिधा खेत अधियामा गरेर त्यहीँबाट उत्पादन भएको बालीबाट ३ छाेरा र १ छाेरीको पालनपोषण गर्दे आएता पनि  छाेरा बिरामी  भए पछि बर्ष दिन भरी खानाका लागि राखिएको धान बेचेर छाेराको उपचार गरेको र स्थानीयले समेत सहयोग गरकाे आमा रिताले बताईन।

अब छाेराकाे उपचारका लागि कहँबाट रकम जुटाउने भन्दै आमाले आँखाबाट आँसुका बलिन्द्र धारा खसाली रहेकी छिन्। स्थानीय लक्ष्मण बुढाथोकी तथा अन्य ब्यक्तिहरुको सहयोगमा घरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारमा करिब ८० हजार रुपैयाँ रकम अहिलेसम्म तिर्न नसकेकाे स्थानीय लक्ष्मण बुढाथोकीले बताए।

अहिले उनीहरुको घरमा छाेरा भएको र आर्थिक अभावले गर्दा  बुवा वेदुलाई थप औषधी खरिद गर्न र उपचार गर्न र खर्च जोहो गर्न पनि निकै  समस्या  परिरहेको छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...