आज : २०२६-०६-२७, शनिबार

डाक्टर दम्पति भोला रिजाल ह्याम्सको आइसोलेसनमा भर्ना

काठमाण्डौ । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वाब दिइएकोमा डाक्टर दम्पति दुवैलाई कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण देखिएपछि पत्नी सरलासहित सोमबार ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएको डाक्टर रिजालले बताएका छन् । 

दुवैको स्वास्थ्य स्थिति सामान्य रहेको छ । ‘हामी फ्रन्टलाइनमा खटिने चिकित्सकलाई यस्तो संक्रमण हुनु नौलो हैन, कोरोनालाई जितेर फर्किने छौं,’ रिजालले भने, ‘हामीलाई भएपछि परिवारका सदस्यलाई पनि देखिने नै भयो।’  डाक्टर दम्पति दुवैको स्वाब ह्याम्स अस्पतालमै परीक्षण गरिएको थियो।