News Portal

  • वालवालिकाहरुका लागि बाँसखर्कमा बालमैत्री केन्द्र स्थापना गर्ने गाउँपालिका योजना

    हिमाली संचार संवाददाता
    ३६५ पटक
    २०७७ भाद्र १५, सोमवार

    दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक । लिदि पहिरोको विपत्ती भोगेका आफनो थातथलो छोडेर नयाँ ठाउँमा सरेका वालवालिकाहरुको मनस्थितिमा पर्न सक्ने असरलाई महशुस गरि उनिहरुलाई स्वाभाविक दैनिकीमा फर्काउनका लागि जुगल गाउँपालिकाले बालमैत्री केन्द्र स्थापना गर्न लागेको हो ।

    वस्ती स्थानान्तरण लगत्तै वालवालिकाहरुको दैनिकीलाई व्यवस्थित, सुरक्षित र रचनात्मक बनाउनका लागि बाँसखर्कमा बालमैत्री केन्द्र स्थापना गर्ने जुगल गाउँपालिकाको योजना मुर्त रुपमा अघि बढेको छ । 

    युनिसेफको सहयोगमा राष्टिय बाल अधिकार परिषद बाट ६ सेट सिर्जनात्मक सामाग्रीहरु हस्तान्तरण भइ भोली बाँसखर्क पुग्दैछ । केन्द्र स्थापनाका लागि तत्कालै हेवि ड्युटी टेन्ट समेत उपलब्ध हुने भएको छ। बालमैत्री केन्द्रमा मनोविमर्शकर्ता तथा वालमैत्री क्रियाकलाप संचालनका लागि सहजकर्ताहरुले समेत बाँसखर्कमा रहेर काम गर्ने तत्परता देखाएका छन् ।

    अभिभावक विहिन वालवालिकाहरुलाई कक्षा १२ सम्म निःशुल्क आवसीय शिक्षा खाने वस्ने लगाएत सबै खर्च प्रदान गर्ने गाउँपालिकाको यस अघिको निर्णयमा प्रतिवद्ध हुदै एसओएस वा सो सरहका शैक्षिक संस्थामा पढाउने अवसरका निमित्त समेत पहल भइरहेको गाउँपालिका महासंघ, जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठलेले जानकारी दिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ९ गतेको राशिफल

    आज मंसिर ९, २०८२ (नोभेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर आगामी १२ डिसेम्बरमा सञ्चालन हुने

    कुवेत -कुवेतस्थित नेपाली राजदूतावासले मेट्रो मेडिकल ग्रुपको सहकार्यमा कुवेतमा बसोबास गर्दै आएका नेपालीहरूको लागि निःशुल्क...

    रास्वपा काठमाडौं सभापति प्रदीप बिष्टले राजीनामा फिर्ता लिए

    काठमाडौं, मंसिर ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौंका जिल्ला सभापति प्रदीप बिष्टले सोमबार आफ्नो...

    जेन्जी मुभमेन्ट नेपालले भन्यो: सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त

    काठमाडौँ, मंसिर ८ — सुशीला कार्की नेतृत्वको सरकारमाथि गम्भीर भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणका आरोप...

    सिंहदरबार प्रवेश अवरुद्ध भएपछि जेन–जी समूहले दक्षिण गेटमै टाँसे मागपत्र

    काठमाडौं, मंसिर ८ – प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउन तयार भएर सिंहदरबार पुगेका जेन–जीका २१ समूहका...