News Portal

वालवालिकाहरुका लागि बाँसखर्कमा बालमैत्री केन्द्र स्थापना गर्ने गाउँपालिका योजना

हिमाली संचार संवाददाता
३९९ पटक
२०७७ भाद्र १५, सोमवार

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक । लिदि पहिरोको विपत्ती भोगेका आफनो थातथलो छोडेर नयाँ ठाउँमा सरेका वालवालिकाहरुको मनस्थितिमा पर्न सक्ने असरलाई महशुस गरि उनिहरुलाई स्वाभाविक दैनिकीमा फर्काउनका लागि जुगल गाउँपालिकाले बालमैत्री केन्द्र स्थापना गर्न लागेको हो ।

वस्ती स्थानान्तरण लगत्तै वालवालिकाहरुको दैनिकीलाई व्यवस्थित, सुरक्षित र रचनात्मक बनाउनका लागि बाँसखर्कमा बालमैत्री केन्द्र स्थापना गर्ने जुगल गाउँपालिकाको योजना मुर्त रुपमा अघि बढेको छ । 

युनिसेफको सहयोगमा राष्टिय बाल अधिकार परिषद बाट ६ सेट सिर्जनात्मक सामाग्रीहरु हस्तान्तरण भइ भोली बाँसखर्क पुग्दैछ । केन्द्र स्थापनाका लागि तत्कालै हेवि ड्युटी टेन्ट समेत उपलब्ध हुने भएको छ। बालमैत्री केन्द्रमा मनोविमर्शकर्ता तथा वालमैत्री क्रियाकलाप संचालनका लागि सहजकर्ताहरुले समेत बाँसखर्कमा रहेर काम गर्ने तत्परता देखाएका छन् ।

अभिभावक विहिन वालवालिकाहरुलाई कक्षा १२ सम्म निःशुल्क आवसीय शिक्षा खाने वस्ने लगाएत सबै खर्च प्रदान गर्ने गाउँपालिकाको यस अघिको निर्णयमा प्रतिवद्ध हुदै एसओएस वा सो सरहका शैक्षिक संस्थामा पढाउने अवसरका निमित्त समेत पहल भइरहेको गाउँपालिका महासंघ, जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठलेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...