News Portal

जापान पठाइदिने भनी १ करोड ३० लाख ठगी गर्ने प्रकाश पक्राउ

हिमाली संचार संवाददाता
८१० पटक

काठमाडौं – सरकारी कोटामा कृषिसम्बन्धी कामको लागि जापान पठाइदिन्छु भनी एक करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले सिन्धुपल्चोक मेलम्चीका सविन प्रकाश दनवारलाई पक्राउ गरेको छ ।

विमान सेक्यूरिटी एण्ड सर्भिस प्रालिको अध्यक्ष हुँ भनेर २८ जनासँग प्रतिव्यक्ति ७ देखि १२ लाख रुपैयाँ लिएर १ करोड ३१ लाख ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनलाई काठमाडौंको बसुन्धराबाट पक्राउ गरी सोमबार जिल्ला अदालत काठमाडौंमा बुझाएको छ । सुरक्षागार्डको तालिम दिने कम्पनी विमान सेक्युरिटी एण्ड सर्भिसबाट जापानमा कृषिसम्बन्धी कामदारको माग भएको भन्दै उनले वर्किङ भिसामा जापान पठाइदिने र प्रतिमहिना १ लाख २१ हजार ३ सय ३३ रुपैयाँ तलब हुन्छ भनी झुक्याएको पाइएको सीआईबीका प्रवक्ता सानुराम भट्टराईले बताए ।

यसअघि पीडितहरूको जाहेरीको आधारमा प्रहरीले नुवाकोट दुप्चेश्वर-७ का सरिता गुरूङ र उदयपुर, त्रियुगा नगरपालिकाका घर भएका सविनको सालो पर्ने लालमणि दनुवारलाई भदौ ८ र ९ गते पक्राउ गरेको थियो । उनीहरुविरुद्ध ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

त्यसमा सरिता गुरूङले धरौटी तिर्न नसकी कारागार चलान भएकी छन् भने लालमणि १० लाख रुपैयाँ धरौटीमा छुटेका थिए । त्यसै मुद्दामा फरार रहेका सविन भने थाइल्याण्डको बैंकक र भारतको विभिन्न ठाउँमा लुकेर बसेका थिए । सीआईबीले उनलाई पक्राउ गर्न इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...

तुलसीपुरमा एमालेको झण्डा जलाइएपछि विवाद, संयमताको आग्रह

दाङ, फागुन ८ – दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट केही युवाले नेकपा (एमाले) को...

कांग्रेस–एमाले गठबन्धन तोड्न योजनाबद्ध रूपमा ‘दुर्घटना’ गरियो : एमाले

काठमाडौं, फागुन ८ – नेकपा एमाले ले कांग्रेस र एमालेबीच बनेको सहकार्यलाई कमजोर बनाउन योजनाबद्ध रूपमा...