News Portal

नेपालमा जुनसुकै बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएममा नि:शुल्क

हिमाली संचार संवाददाता
६५२ पटक

२०७७ भदौ १५, सोमबार
काठमाडौं – बैंकहरुले कोरोनापछि जारी लकडाउनको अवधिमा जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरे तर, लकडाउन अन्त्य भएसँगै साउन १ देखि केही बैंकले पुनः शुल्क लिन थाले।

अब भने एउटा बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा कुनै शुल्क नलाग्नेगरी नीतिगत व्यवस्था भएको छ। यसअघि फरक नेटवर्कका नाममा बैंकले एकअर्काको कार्ड फरक एटिएममा प्रयोग गर्दा निश्चित शुल्क लिँदै आएका थिए।

तर राष्ट्र बैंकले विद्युतीय भुक्तानी कार्ड सञ्चालनबारे नीतिगत सम्बोधन गर्दै अब अन्तर एटिएम कारोबारमा शुल्क नलाग्ने व्यवस्था गरेको हो।

विद्युतीय भुक्तानी कार्ड जारी गर्दा अपनाउनुपर्ने नीतिगत एवम् प्रक्रियागत व्यवस्था सम्बन्धी (ङ) नम्वरको बुँदामा भनिएको छ- ‘एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन पाइने छैन।’

कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै सोको सूचना ग्राहकलाई एसएमएसमार्फत दिनुपर्ने र कार्ड नवीकरण शुल्कको बारेमा समेत जानकारी गराउनुपर्ने नीतिगत व्यवस्था गरिएको छ।

त्यस्तै सबै कार्ड चिपयुक्त हुनुपर्ने व्यवस्था गरिएको छ। एटिएम काउन्टरमा आवश्यक सहयोग चाहिएमा सम्बन्धित कर्मचारीको नाम र मोबाइल नम्बर तथा सम्बन्धित संस्थाको नाम, ठेगाना र टेलीफोन नम्बर ग्राहकले प्रष्टसँग देख्ने र बुझ्ने गरी नेपाली र अंग्रेजी भाषामा लेख्नुपर्ने व्यवस्था गरिएको छ।

कार्ड अड्किने, पैसा नआउनेजस्ता एटिएम कारोबारसम्वन्धी समस्या ग्राहकले तत्काल जानकारी गराउन सक्नेछन् भने बैंकहरुले समाधानका लागि तुरुन्त पहल गर्न सक्ने छन्।

दैनिक एटिएम कार्डबाट झिक्न पाइने रकमको सीमा सम्वन्धमा भने कुनै परिवर्तन गरिएको छैन। एक पटकमा २५ हजार र दैनिक १ लाख रुपैयाँसम्म पैसा झिक्न पाउने व्यवस्था यथावत राखिएको छ।

प्रत्येक एटिएममा भएका सिसिटिभीको निरन्तर अनुगमनको व्यवस्था गर्न संस्थाहरुलाई भनिएको छ। साथै सिसिटिभीको ब्याकअप दृष्य कम्तीमा ९० दिन सुरक्षितसाथ राख्नुपर्नेछ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...