News Portal

खै के भयो के भयो म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
८५० पटक
२०७७ भाद्र १३, शनिवार

काठमाण्डौ । गीतकार तथा संगीतकार रमेश मगरको “खै के भयो के भयो…” बोलको म्युजिक भिडियो चर्चित गायक तथा संगीतकार सन्तोष दुमी अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

सुस्त हावा शितल छायाँ, नसम्झाउ अतितका ती तिता पल जस्ता गीतमा संगीत दिएका गीतकार रमेश मगर केही बर्षदेखि रोजगारिको शिलशिलामा दक्षिण कोरियामा रहेका छन् ।  

गीतकार रमेश मगरको “खै के भयो के भयो…” बोलको यस गीतमा गायक राजेश पायल राईले आवाज दिएका छन् । चर्चित प्रर्याङक स्टार तथा मोडल एलिस राई, नग्मा श्रेष्ठ तथा निनाम हाङ राईको मुख्य अभिनय रहेको छ । यस भिडियोमा किशन भुषालको कोरियोग्राफि रहेको छ भने धन खालिङ तथा श्री थापाको छायांकन रहेको छ ।

यस म्युजिक भिडियो मार्फत आफुले मन पराएका सबै राम्रा कुराहरु पाउन सकिन्न भन्ने सन्देश दिन खोजिएको यस म्युजिक भिडियोमा कलाकारहरुको उत्कृष्ट प्रस्तुति रहेको देख्न सकिन्छ । धन खालिङको सम्पादन रहेको यस म्युजिक भिडियोलाई चर्चित गायक, संगीतकार सन्तोष दुमीले निर्देशन गरेका हुन् ।

म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...