News Portal

  • अडियो प्ररकरणमा मुछिएका अध्यक्ष र सचिव अख्तियारको नियन्त्रणमा

    हिमाली संचार संवाददाता
    ४२० पटक

    २०७७ भदौ १३, शनिबार
    सुर्खेत – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाँउपालिकाको सडक निर्माणका क्रममा आर्थिक लेनदेन भएको अडियो प्ररकरणमा मुछिएका २ जनालार्इ नियन्त्रणमा लिएको छ।

    उभोक्ता समिति र निर्माण व्यवसायीबिच भएको कुराकानीको अडियो सार्बजनिक भएपछि अख्तियारले छानविन थालेको हो। अख्तियारले उपभोक्ता समितिका अध्यक्ष गगन खत्री र सचिव गोविन्द्र बहादुर वलीलार्इ नियन्त्रणमा लिएको जनाएको छ।

    अख्तियारको कार्यालय सुर्खेतका सुचना अधिकारी मेघनाथ सापकोटाले विभिन्न संञ्चारमाध्य र उजुरीपरेपछि उनिहरुलार्इ नियन्त्रणमा लिएको बताउनु भयो। उहाँले उनिहरुलार्इ नियन्त्रणमा लिर्इसकेको भन्दै अडियो प्ररकण सम्बन्धी अनुसन्धान भर्इरहेको बताउनु भयो।

    भिउचुला, बगौरा, पुलिया सडक स्तरउन्नतीका क्रममा निर्माण उपभोक्ता समिति र निर्माण व्यवसायिबिचको टेलिफोन कुराकानीको बिवादित अडियो सार्बजनिक भएको थियो। गाउँ कार्यपालिकाले सत्यतथ्य छानबिनका लागि गाउँसभा सदस्य पशुपति शर्माको संयोजकत्जमा ४ सदस्यीय छानबिन समिति समेत गठन गरेको जनाएको छ।

    कुराकानीको क्रममा उपभोक्ता समितिका ३ जनाले ९२/९२ हजार रकम भाग गरिएको भन्ने छ। सव इन्जिनियरलाई समेत ४० हजार भाग लगाइएको भन्ने टेलिफोन कुराकानीमा छ। निर्माण उपभोक्ता समितिका अध्यक्ष गगन खत्री, सचिव गोविन्द ओली र कोषाध्यक्ष भक्तबहादुर रानाले ९२/९२ हजार रूपैयाँ बाँडेको चित्त नबुझे रकम फिर्ता लैजाउ भनेको सुनिएको छ।

    उपभोक्ता समितिले ३७ हजार घनमिटर सडक निर्माण गर्नुपर्ने हो। निर्माण कार्यको जिम्मा लिएका व्यवसायी हिक्मतले ओलीले भने ३७ हजार घनमिटर खन्नपर्नेमा ७६ हजार घनमिटर खनेको बताउनुभएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...