आज : २०२६-०६-०८, सोमबार

कानुन खल्तीमा छ !

कानुन खल्तीमा छ, छ हजुरको महल छ सबथोक छ
हजुरको दरबारमा छ, कानुन खल्तीमा छ, ध्यान बन्दुकमा छ तरवारमा छ

कोरोना छ देशमा कुर्चीलाई लरामाती गर्दै छ, सरकार हामीलाई यहि खबर छ
समचारमा छ अखबारमा छ, क्वारेनटाईनमै छ अहिले फाइदा गरीब मरेर के भो !

ठुलाबडा करोडमा छ, झोले आसेपासे हजारमा छ
काही बाढि छ काही पहीरो त काही भोकमरी

सरकार भ्रष्टचारमा छ, सुरक्षाकर्मी उद्वारमा छ
चारैतिर बिजोग छ यातायत बन्द छ
जनता पिडामा छ मारमा छ, नेता ज्यू कारमा छ, छ हजुरको सबथोक छ।।

~ निरज अधिकारी