News Portal

नेपाल आइडल सिजन–३ विजेता सज्जा चौलागाई

हिमाली संचार संवाददाता
६५६ पटक
२०७७ भाद्र १२, शुक्रवार

काठमाण्डौ । नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । कोरोना  भाइरसका कारण विश्वभर विभिन्न महत्वपूर्ण सार्वजनिक विषयका कार्यक्रमहरु स्थगित हुदै आएको समयमा आज शुक्रबार नेपाल आइडलको स्टुडियोमा आयोजित ग्राण्ड फिनालेमा सज्जा चौलागाईले उपाधि उचालेकी छिन भने फस्ट रनरअप प्रवीण बेडुवाल र सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचालेका छन् । 

देर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकहरुको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका थिए ।  आयोजित कार्यक्रममा अध्यक्ष थापाले विजेताहरुलाई घोषित पुरस्कार प्रदान गरेका थिए । 

एपीवानएचडी टेलिभिजनबाट हरेक हप्ता बिहिवार र शुक्रबार कार्यक्रम प्रसारण हुँदै आएको रियालिटी सो नेपाली दर्शकले सर्वाधिक रुचाइएको  रियालिटी कार्यक्रम हो। नेपाल आइडलको प्रतिस्पर्धी उत्कृष्ट  ३ मध्ये सज्जा, प्रवीण र किरणकुमार पुगेका थिए। नेपाल आइड–३ कार्यक्रमको उपाधिसहित विजेताले नगद ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले ५ लाख नगद प्राप्त गरेका छन् । 

नेपाल आइडलको फिनालेमा कोरोना भाइरसका कारण सामाजिकदूरी कायम गरी विजेता घोषणा गरिएको थियो । नेपाल आइडल प्रोजेक्ट प्रमुख सुरेश पौडेलका अनुसार कोभिड–१९ का कारण ग्रान्ड फिनाले यसरी धोषणा गर्नु परेको बताए । आयोजित कार्यक्रममा निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन्।

पुर्वाञ्चल मोरङ पथरीकी सज्जा नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा हुन थालेको थियो । उनको प्रस्तुति र बोल्ड स्वरको हरेक कार्यक्रममा प्रशंसा हुदै आएको थियो । उनी कक्षा ८ मा पढ्दा विधालय स्तरमा भएको गायन प्रतियोगितामा समेत उनले पहिलो स्थान प्राप्त गरेकी सज्जाले नेपाल आइडलको उपाधी उचालेकी हुन् । सज्जाकी बाबा मोरङमा र आमा साइप्रसमा रहेकी सज्जा आफ्नो भाइसँगै बस्दै आएकी छिन्।

सज्जा नेपाल आइडलको कार्यक्रममा आउनु अगाडी ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा लाइभ गीत गाउदै आएकी थिइन् । उनी संलग्न ‘दी लोडिङ’ नामक ब्यान्ड समेत रहेको थियो । उनी कलेज पढ्दै, लाइभ गीत गाउँदै उनको दैनिकी चलिरहेको थियो । सज्जाले लाउन्जहरूमा हिन्दी, रक र अंग्रेजी गीत बढी गाउनुपथ्र्यो । उनले दैनिक तीनदेखि चार घण्टा निरन्तर गीत गाउनुपथ्र्यो।

पहिलो पटक उनले फ्लेवर्स रेस्टुरेन्ट तारागाउँमा गीत गाएकी थिइन्। उनले गीत गाएर कमाएको पहिलो कमाइ ५ सय रुपैया रहेको बताउछिन् । उनका अनुसार आमाबुवाले गीत गाउन सधै सहयोग गर्दै आएकी थिइन । हाल उनी ब्याचलर्सकी विद्यार्थी सज्जा नेपाल आइडल सिजन–३ को अडिसनले यता तानेकी थिइन । 

शुरुमा उनले डिजाइनर बन्ने सपना बोकेकी भए पनी पछिल्लो समय गीतले उनलाई पछ्याइरह्यो । उनी भन्छिन गायनमै अगाडि बढ्छु भन्ने त थिएन तर लाइभ गायन र नेपाल आइडलले उनलाई गायनबाट अलग हुन नसक्ने बनायो। उनलाई नेपाल आइडलमा अन्य साथीहरुले गीत गाएको सुन्दा यत्तिको त म पनि गाउन सक्छु भन्ने लाग्थ्यो। धरानको गायक सविन राईको फ्यान सज्जा नेपाल आइडलले आफूलाई संगीतसँग अझ नजिक भएकी बताउछिन् । 

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...