News Portal

    कर्णालीमा अवैध उत्खनन् रोक्न मन्त्रीस्तरीय समिति गठन

    हिमाली संचार संवाददाता
    ३३० पटक

    २०७७ भदौ १२, शुक्रबार
    सुर्खेत – कर्णाली सरकारले कर्णाली प्रदेशभित्र ढुंगा, गिट्टी, बालुवा उत्खनन्, क्रसिङ र विक्री वितरण तथा क्रसर उद्योगको अनुगमन गर्न समिति गठन गरेको छ। सरकारले आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समिति गठन गरेको हो।

    प्रदेशमा अवैध उत्खनन् भई प्राकृतिक स्रोत साधनको दोहन सम्बन्धिका समाचार प्रकाशन तथा प्रशारण भएपछि सरकारले समिति गठन गरेको हो। सरकारका प्रवक्ता विमला केसीले कर्णाली भित्र ढुंगा, गिट्टी, बालुवा उत्खनन्, के कति भएको छ यसको बास्तविक्ता बुझेर १५ दिनमा प्रतिवेदन पेशगर्न भनिएको बताउनुभयो।

    यसअघि सुर्खेतको लेकबेशीमा रहेका खहरेखोलासहित रातेखोला र गमखोलाबाट अबैद रुपमा नदीजन्य पदार्थ संकलनका भएको थियो। खोलामा क्रसर उद्योगसँगै अत्याधिक दोहन गरेर थुपारिएको नदीजन्य पदार्थको पहाड बनाउदा समेत नियमक निकायले कुनै कारबाही गर्न सकेन।

    जिल्ला अनुगमन तथा समन्वय समितिले लेकवेशीमा भइरहेको नदीजन्य पदार्थहरुको उत्खनन्को तीन पटक अनुगमन गरेर छानविन समिति समेत गठन गर्यो। तर त्यो समितिले पनि नदिजन्य पर्दाथ दोहोन गर्नेलाई कुनै कारबाहीको दायरामा ल्याउन सकेन।

    अनुगमन समितिले तयार पारेको प्रतिवेदनमा खहरेखोलामा थुपारिएको मध्ये दुई लाख एक हजार ५ सय २६ घनमिटर नदीजन्य पदार्थ अबैद्य ठहर गरेको छ। लेकबेशी नगरपालिकाका प्रमुख गगनसिहँ सुनारले आफ्नो घर नजिकै अत्याधिक मात्रमा नदिजन्य पदार्थ दोहन हुदाँसमेत कुनै कानुनी प्रकृया नचालेको स्थानियले बताएका छन।

    आर्थिक वर्ष २०७६/०७७ मा तीन वटै खोलाहरुको ठेक्का पाएको पवन कन्ट्रक्सनले ४४ हजार एक सय ९९ घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्नुपर्नेमा ६५ हजार पाँच सय २१ घनमिटर नदीजन्य पदार्थ संकलन गरेको थियो।

    नगरपालिकाले गठन गरेको समितिको प्रतिवेदन अनुसार पवनले यो अवधिमा ३६ हजार ३४ घरनिमटर नदीजन्य पदार्थ विक्री गरिसकेको भने २९ हजार ४८७.३५ घरनिमटर भण्डारण छ।

    विक्री भएको र भण्डारण गरिएको नदीजन्य पदार्थलाई जोड्दा पवन कन्ट्रक्सनले संझौता भन्दा २१ हजार ३२१ घनमिटर नदीजन्य पदार्थ धेरै संकलन गरेको छ। स्थानियवासीले क्रसर उद्योग समेत अबैध तरिकाले संञ्चालन भएको भन्दै छानविन गर्न पटकपटक आग्रह गर्दा समेत आफुहरुका कुरा कसैले नसुनेको बताएका छन।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    नागढुंगा सुरुङमार्ग पुसदेखि सञ्चालनमा, निर्माण कार्य अन्तिम चरणमा

    काठमाडौं, असार ४ – नेपालको पहिलो सडक सुरुङमार्गको रूपमा चिनिएको नागढुंगा–सिस्ने खोला सुरुङमार्ग अब आगामी पुस...

    त्रिभुवन विमानस्थलबाट १ किलो बढी सुन बरामद, भारतीय महिला पक्राउ

    काठमाडौं, असार ४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एकपटक सुन तस्करीको प्रयास विफल पारिएको छ।...

    एनसीसी अमेरिकाले एनआरएनए अध्यक्ष श्रेष्ठको स्वागतमा शुक्रबार भव्य कार्यक्रम गर्दै

    अमेरिका, असार ४ – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले महेश कुमार श्रेष्ठ...

    कर्मचारी कुलिङ पिरियड प्रावधानबारे प्रधानमन्त्री सक्रिय, बालुवाटारमा छलफल तीव्र

    काठमाडौं, असार ४ – संघीय निजामती कर्मचारीको सेवा तथा सुविधा सम्बन्धी विधेयकमा समावेश गरिएको २...

    स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, कांग्रेसका वडाध्यक्ष फरार

    स्याङ्जा, असार ४ – आँधीखोला दोहनविरुद्ध आवाज उठाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई नेतामाथि नेकाँबाट...