News Portal

कुलमान घिसिङलाई सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा भएन -प्रवक्ता खतिवडा

हिमाली संचार संवाददाता
४२६ पटक
२०७७ भाद्र ११, बिहिवार

काठमाण्डौ । नेपाल सरकारका प्रवक्ता युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति दिने विषयमा मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको बताएका छन् । प्रवक्ता खतिवडाले सामाजिक सञ्‍जालमा आएका खबरबारे सरकारलाई जानकारी नभएको पनि बताए ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बिहिवार कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि जिम्मेवारी दिएकोबारे प्रष्ट पार्न सोधिकएको प्रश्नको जवाफ दिँदै अर्थ एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री खतिवडाले भने, ‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्त दिएको होला, नेपाल सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन ।’

प्रवक्ता खतिवडाले थपे, ‘औपचारिक प्रस्ताव पनि थिएन । त्यससम्बन्धि छलफल पनि केही भएको छैन ।’ सामाजिक सञ्जालमा आएका कुरा र केही सञ्चारमाध्यममा आएका कुरामा सत्यता नभएको उनको भनाइ थियो ।

कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्त गर्नुपर्ने भन्दै पछिल्लो समय सामाजिक सञ्जालमार्फत सरकारलाई दबाब आइरहेको छ । भदौ २९ गते कार्यकाल सकिन लागेका कुलमान घिसिङलाई फेरि नियुक्त गर्नुपर्ने जनदबाब रहेको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...