News Portal

प्रहरीको गोली लागेर घाइते भएका आलमको मृत्यु

हिमाली संचार संवाददाता
५९१ पटक

दिलीप राई/झापा

२०७७ भाद्र ११, बिहिवार – झापा गाउँपालिका -३ कामाटोलीमा गोरु काटेको निहुँमा भएको झडपमा प्रहरीको गोली लागि घाइते भएका रसिकुल आलमको मृत्यु भएको छ। झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर मगरका अनुसार उनलको उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको हो।

मुसलमान धर्माबलम्बीको बाहुल्य रहेको कामाटोलीमा बुधबार स्थानीयबासी र प्रहरीबीच झडप भएको थियो। गोली लागि सख्त घाइते भएका ३८ वर्षिय आलमलाई उपचारका लागि बिएमसी अस्पताल लगिएको थियो । अस्पतालले आलमको मृत्यु भएको पुष्टि गरेको छ।

झापा गाउँपालिका–३ कामाटोलीमा स्थानीयबासी र प्रहरीबीच झडप हुदा प्रहरीले १० राउण्ड गोली चलाएका  थिए। स्थानीय ३८ वर्षिय रसिकुल आलम प्रहरीले चलाएको गोली लागेर सख्त घाइते भएका थिए।

आलमको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। स्थानीयले गोरु काटेको खबर पाएपछि प्रहरीको टोली कामाटोली बजार पुगेको थियो। प्रहरीले घटनास्थलवाट गोरुको टाउको र खुट्टा बरामद गरी फर्कने क्रममा स्थानीयबासीले आक्रमण गरेको सशस्त्र प्रहरीको झापा गाउँपालिकास्थित बिओपीका इन्स्पेक्टर सचन श्रेष्ठले बताए।

घटनामा सशस्त्र प्रहरीका एक जवान गम्भीर घाइते भएको जानकारी दिएको छ। उनलाई पनि उपचारका लागि बीएन्डसी अस्पताल लगिएको छ। स्थानीयसँगको झडप भएपछि थप मद्दतका लागि सशस्त्र प्रहरी टोली घटनास्थल पुगेको थियो।

सयौंको संख्यामा स्थानीयहरुले टायर पुल्ठो बाली नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण गरेको प्रहरीले बताएको छ। झापाको कालीमाटी क्षेत्र मुसलमान समुदायको बाहुल्य क्षेत्र हो।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...