News Portal

जापानमा बढ्दै तापक्रम: तातो हावा चल्दा २५ को मृत्यु, १२ हजारभन्दा बढी विरामी

हिमाली संचार संवाददाता
५५७ पटक

२०७७ भदौ १०, बुधबार
टोकियो – जापानमा केही दिनयतादेखि तापक्रम निकै बढेको छ। जसका कारण तातो हावा चलेको र हजारौं मानिस प्रभावित भएका छन्। प्राप्त समाचारमा गत हप्ताको यस्तो तापक्रमबाट २५ जनाको ज्यान गएको थियो।

त्यस्तै यसबाट अरु १२ हजार ८०० मानिस विरामी परेका छन्। जापानको विपद् व्यवस्थापन केन्द्रले सो कुराको जानकारी दिएको हो। उक्त केन्द्रका अनुसार तातो हावा चलेका कारण मानिसहरू घरघरमै बिरामी परेका छन्।

तातो हावाबाट जापानका कम्तीमा पनि ४५ प्रतिशत घरमै भएका र अरु १७ प्रतिशत नागरिक काममा रहेका बेला कार्यालयमा नै विरामी परेका बताइएको छ। जापानका पाको उमेरका नागरिकहरु कम्तीमा पनि ४ हजार जना जतिलाई बढ्दो तापक्रम र आएको तातो हावाले नराम्ररी प्रभावित पारेको र विरामी बनाएको छ।

उक्त विपद् व्यवस्थापन केन्द्रले दिएको पछिल्लो जानकारीमा करिब ३ सय ८७ जना नागरिक अहिले पनि निकै गम्भीर अवस्थाको स्वास्थ्यकर्मीका साथ रहेका बताइएको छ। प्राप्त समाचारमा जनाईएअनुसार हाल जापानमा ३८ डिग्रीभन्दा पनि बढी तापक्रम रहेको छ।

यो तापक्रम जापानका लागि निकै बढी हो। गत वर्षमात्र पनि यस्तै समस्याले यहाँ १ सय २६ जना नागरिकको ज्यान गएको थियो। तातो हावाबाट गत वर्ष जापानमा ७० हजार जनाभन्दा बढी विरामी परी अस्पताल नै भर्ना भएका थिए।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...