News Portal

  • कुलमानको नियुक्तिबारे मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको छैन : ऊर्जामन्त्री

    हिमाली संचार संवाददाता
    ४६२ पटक
    २०७७ भाद्र ९, मंगलवार

    काठमाण्डौ । ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिने बिषयमा मन्त्रालयबाट अहिलेसम्म कुनै प्रस्ताव नलगेका बताएका छन् ।

    आज विभिन्न सञ्चारमाध्यम सहित सामाजिक संजालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे मन्त्रिपरिषद्मा मन्त्रालयबाट कुनै प्रस्ताव नगएको बताएका हुन्।

    मन्त्रालय उच्च स्रोतका अनुसार यस सम्बन्धमा मन्त्रालय अझै निष्कर्षमा पुगिसकेको छैन । मंगलबार मन्त्रिपरिषद्को बैठक बसे  पनी यस विषयमा कुनै एजेण्डा नरहेको मन्त्रालय स्रोतको भनाइ छ । 

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान  घिसिङको कार्यकाल आगामी भदौ २९ गते सकिँदैछ । उनी आउनुअघि देशले दैनिक १८ घण्टासम्म लोडसेडिङ खेप्नु परेको थियो । उनी नेतृत्वमा आएसँगै देश लोडसेडिङ मुक्त भएपछि उनलाई पुनः सोही पदमा दोहोर्याउनु पर्ने माग विभिन्न सामाजिक संजालमा गरिरहेका छन् । कुलमान घिसिङ नेतृत्व गरेपछि प्राधिकरण नाफामा समेत गएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    काभ्रेको रिसोर्टमा अनलाइन सट्टेबाजी गर्दै पाँच जना समातिए, मोबाइल र ल्यापटपसहित पक्राउ

    काभ्रेपलाञ्चोक, असार ३१ – काभ्रेको मण्डनदेउपुर नगरपालिकामा अनलाइनमार्फत सट्टेबाजी सञ्चालन गरिरहेको अवस्थामा पाँच जना पक्राउ...

    अमेरिकामा सडक दुर्घटनामा परी २ नेपाली विद्यार्थीको मृत्यु

    लुइसियाना, असार ३१ – अमेरिकाको लुइसियाना राज्यमा सडक दुर्घटनामा परेर दुई जना नेपाली विद्यार्थीले ज्यान...

    घुस काण्डमा मुछिएपछि राजीनामा दिन बाध्य बने मन्त्री गुप्ता

    काठमाडौं, असार ३१ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ७८ लाख रुपैयाँ घुस...

    एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी

    टोकियो, असार ३१ — गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको महासचिव पदमा वरिष्ठ पत्रकार तथा...

    भारत लगेर युवती कुबेतमा बेचिन्, बुटवलकी बिष्णु माया पक्राउ परिन् !

    मंगलबार, असार ३१, २०८२ काठमाण्डौ। ८ बर्षअघि युवतीहरुलाई भारतको बाटो हुँदै कुबेतमा बेच्ने एक जना महिलालाई...