News Portal

  • एउटा सिपाहीको दिन चर्या

    हिमाली संचार संवाददाता
    १०२७ पटक

    २०७७ भदौ ९, मंगलबार
    खलंगा – जाजरकोट जिल्लाको बारेकोटस्थित प्रहरी चौकी सेपुखोलामा कार्यरत चौकी इन्चार्ज सहायक प्रहरी निरीक्षक गंगा बहादुर चन्दको दिन चर्या अलि फरक ढंगले बित्ने गरेको छ।

    बिहान उठेदेखि बेलुकी सुत्दासम्म समेत जनताको समस्या नै आफ्नो समस्या भनेर तत्कालै सम्बोधन गर्दै जादा कहिलेकाहीँ खाना समेत भुल्ने गरेको स्थानीय बताउछन।

    कोरोना महामारी होस वा सलह आतंक, दैबी प्रकोप होस या, सवारी दुर्घटना, शान्ती सुरक्षा होस वा पिडितको गुनासो सुन्नमा सधै अग्रपतिमा रहने गरेको कारण सधै जनताको नजरमा एकछत्र राज गर्न सफल प्रहरी सहायक निरीक्षक चन्दको अर्को सबल पक्ष भनेकै स्थानिय सरकार, जनप्रतिनिधि संगको समन्वयमा प्रबिधिमैत्री, नागरिकमैत्रि जनता र प्रहरी बिचको दुरिलाई नजिक बनाउदै लिनेमा स्थानीय जनप्रतिनिधिले मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन।

    (सहायक प्रहरी निरीक्षक गंगा बहादुर चन्द)

    सेपुखोला चौकी हाम्रो हो, हाम्रै सुरुक्षाको लागि हो भन्ने भावनाको बिकाश भएको तथा आगामी दिनमा समेत यस्तै सेवा र सुरुक्षाको आशा गरेको नागरिक अगुवा बताउछन।

    सहायक निरीक्षक चन्दको सबल पक्ष भनेको नागरिकको पिरमर्का तत्कालै सम्बोधन गर्ने गरेकै कारण उनलाई कतिपय जनताहरुले भगवानको रुपमा समेत व्याख्या गर्ने गरेका छन।

    पुर्वी सुर्खेतको सिम्ता गाउँपालिका-४ पिल्कमा जन्मिएका चन्द प्रहरी सेवामा १६ बर्ष अगाडि प्रवेश गरेका हुन। उनले देशभरका करिब १०/१२ जिल्लामा सेवा गरिसकेका छन। चन्द सानै उमेरदेखिका मेहनति र सालिन स्वाभावका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

    बंगलादेश, मंसिर १ – बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै...

    ललितपुरमा २१ लाख बराबरको चोरी, ३ मुख्य आरोपी पक्राउ

    ललितपुर, मंसिर १ – ललितपुरको इमाडोलमा २१ लाख ८३ हजार रुपैयाँ बराबरको चोरी भएको घटनामा प्रहरीले...

    प्रतिनिधिसभा पुनर्स्थापनापछि निष्पक्ष सरकारका लागि ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी

    काठमाडौं, मंसिर १ – एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने क्षमता र...

    तोकिएको समयमा निर्वाचन गर्न दलहरूको साझा सहमति आवश्यक : प्रचण्ड

    काठमाडौं, मंसिर १ — आगामी निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूको एकमत आवश्यक रहेको...

    राष्ट्रिय परिचयपत्रमार्फत मतदाता दर्तामा बढ्दो रुचि, तीन लाखभन्दा धेरैले बायोमेट्रिक दर्ता

    काठमाडौं, मंसिर १ – राष्ट्रिय परिचयपत्र प्रयोग गरेर मतदाता नामावली दर्ता गर्ने संख्या तीव्र रूपमा...