
रबिन्द्र बराल, मोरङ । मोरङको रंगेली नगरपालिकामा एकै परिवारका १४ जनामा काेराेनाको रिपोर्ट पाेजेटिभ आएपछि रंगेलीमा त्रास फैलिएको थियो । पछिल्लो समयमा रंगेलीमा काेराेना केही मात्रामा नियन्त्रणमा आउन थालेको छ ।
क्न्टयाक ट्रेसिङमा जम्मा १ सय ७० सबै जनाको रिपोर्ट नेगेटिभ आएको छ । तिरुपती बालाजी मन्दिर क्वारेन्टिनमा अहिले ६ जना मात्र उपचारत रहेका छन । आइसोलेशनमा ११ जना संक्रमितहरु उपचार गराई भईरहेकाे छ । उपचार पछि अहिले सम्म ७७ जनाले काेराेना लाई जितेर घर फिर्ता भएका स्वास्थ्य प्रमुख भुपेन्द्र प्रसाद मंण्डले बताए । रंगेली नगरपालिकाले साउन १९ गतेदेखि भदौ १० गतेसम्मका लागि वडा नम्बर ४,५,६ र ७ पुर्ण रुपमा निषेधाज्ञा लागू गरेको छ । अन्य, बाँकी वडाहरुमा लकडाउन धोषणा गरेका छन् ।
रंगेली अस्पतालका प्रमुख राेहिन्द्र पाण्डेका अनुसार अहिले रंगेलीमा काेराेनाका बिरामीहरु कम हुदै गएकाे हुनाले अब नगरपालिकाले बजार भित्रका पसलहरु केही मात्रामा खुकुलो गरेर सर्वसाधारणहरुले सहजक भएर पसल तथा सार्वजनिक स्थलहरुमा सजक भएर किन मेल गर्दा सामाजिकदूरी कायम गर्न सम्पूर्ण सबैमा अनुरोध गरेका छन् ।
मोरङको रंगेली नगरपालिका दर्क्षिण भेग रहेको कटहरी, जहदा , धनपालथान, रंगेली , सुनबर्षि , रतुवामाईको संयुक्त बैठकबाट ११ गते देखि १७ गते सम्म विहान ६ बजेदेखि १२ बजेसम्म बजार पसल तथा तरकारी समेत सामाजिकदूरी कायम गरी बजार खुल्ने भए पनी लकडाउन कायमै रहने भएको छ ।
कृषकका लागि कृषि मलखाद पसल सुरक्षा मापडण्ढ अपनाएर २४ घण्टा खोल्ने निर्णय गरेको रंगेली नगरपालिकामा एकै परिवारका १४ जनाको रिपोर्ट काेराेना पाेजेटिभ आएपछि रंगेलीमा त्रास फैलिएको थियो । पछिल्लो समयमा रंगेलीमा काेराेना केही मात्रामा नियन्त्रणमा आउन थाले पछि नगरपालिकाले साउन १९ गतेदेखि भदौ १० गतेसम्मका लागि वडा नम्बर ४,५,६ र ७ पुर्ण रुपमा निषेधाज्ञा समेत गरेको थियोे ।
नगरपालिकाले बिहान ६ बजे देखि १२ बजे सम्म पसल बजार र तरकारी बजार भने सामाजिकदुरी कायम गरेर खाेल्ने निर्णय समेत गरेको छ ।