News Portal

पहिरो खस्दा बुटवल- पाल्पा सडक अवरुद्ध

हिमाली संचार संवाददाता
५५३ पटक

बुटवल – पहिरो झरेपछि सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका अन्तर्गत झुम्सादेखि माथि पानीमिल र सिरुवाबारीको बीचमा पहिरो खसेपछि दिउँसो ४ बजेदेखि सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाउन बुटवलबाट एउटा र पाल्पाबाट एउटा डोजर प्रयोग गरिए पनि वषर्ा नरोकिएका कारण सडक खुलाउन ढिलाई भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सडकमाथिबाट पहिरो झर्ने क्रम नरोकिएकाले अवरुद्ध सडक कति समय पछि खुल्छ भन्ने यकीन नभएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा पाल्पा हुँदै बुटवलतर्फ आइरहेका सवारी साधनहरु केराबारीमा र बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा लगायतका स्थानतर्फ जाने सवारी साधनहरु झुम्सामा रोकिएका छन् ।

भारी वर्षाका कारण तिनाउ नदीमा पानीको वहाव यसवर्षकै सबैभन्दा माथि आएको प्रहरीले जनाएको छ । तिनाउमा बाढी आएपछि नदी किनार अतिक्रमण गरेर बसेका वस्तीहरुमा सतर्कता अपनाइएको छ । बाढीले सोमबार साँझसम्म कुनै मानवीय क्षति भने नपुर्‍याएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...