News Portal

हेर्नुहोस आज भदौ ९ गते मंगलबारको राशिफल

हिमाली संचार संवाददाता
५९६ पटक

वि.सं.२०७७ साल भदौ ९ गते मंगलबार | २०२० अगस्ट २५ तारीख | नेपाल संवत ११४०


मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। दिउँसाेदेखि कामको चाप बढ्नेछ भने गोपनीयता बाहिरिनाले समस्या पर्ला। स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। दिउँसाेदेखि विवादास्पद कामकाे जिम्मेवारी आउन सक्छ। अवसरवादीहरूबाट अलि सजग रहनुहोला। काम पूरा नभए पनि आंशिक लाभ हुनेछ। मिहिनेतले नयाँ अवसर दिलाउन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। लेखन कलामा पनि निखारता आउनेछ। प्रतिस्पर्धीहरू सहयाेगीका रूपमा देखापर्नेछन्। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। शत्रुबाधा हट्नेछ। राेगसमेत निवारण हुने समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। समयमा निर्णय लिन नसक्दा काम राेकिन सक्छ। दिउँसाेदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। साथीभाइकाे सहयाेग जुट्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनले नयाँ गति लिनेछ। लेखन कलामा पनि निखारता आउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

चिताएको काममा बिहानै जुट्नुहाेला, सोचेजस्तै सफलता मिल्नेछ। सहयाेगीहरूले साथ दिनेछन् र प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। दाजुभाइमा आत्मीयता बढ्नेछ। दिउँसाेदेखि विश्वासिला व्यक्तिहरूले धाेका दिने हुँदा काम राेकिन सक्छ। सानाे कमजोरी सच्याउन काम दोहोर्याउनुपर्ला। धेरै नजिकिनेहरूले पनि दुःख दिनेछन्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र चिताएकाे काम सम्पादन हुनेछ। आलोचकहरू पनि व्यवहारले नजिकिन सक्छन्। आजकाे मिहिनेतले दिगो फाइदा दिलाउनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। व्यवसायतर्फ पनि पहिलेकाे उपलब्धिले थप काम गर्न प्रेरित गर्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मिहिनेतले व्यक्तित्व निखार्ने समय छ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बिछोडिएका आफन्त नजिकिनेछन्। दिगो योजना प्रारम्भ हुनेछ। तर परिस्थिति अनुकूल बनाइराख्न व्यवहारमा अलि सजग रहनुपर्ला। साँझतिर आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तजनबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। सस्ताे लाभमा लाेभिँदा व्यर्थैमा खर्च हुनेछ। आवेशको निर्णय र बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। बोली व्यहारमा संयम रहँदै गरिएको मिहिनेतले फाइदा दिलाउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बिहानकाे समय विशेष लाभदायी रहनेछ। पेसा र व्यवसायले राम्राे लाभ दिनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। तर मध्याह्नपछि धन बाहिरिने सम्भावना छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी अरूका लागि खर्च हुन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ। मध्याह्नपछि सरसापटमा धन बाहिरिने सम्भावना छ। आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। भाग्यले विभिन्न अवसर दिलाउन सक्छ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला। बाध्यात्मक परिस्थितिले सताए पनि मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ। प्रयत्न गर्दा भौतिक सुविधाका वस्तुहरू जुट्नेछन्। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।

उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...