News Portal

गाउँपालिका अध्यक्षको एक्सन, सार्वजनिक अडियोको छानबिन समिति गठन

हिमाली संचार संवाददाता
५८८ पटक

२०७७ भदौ ८, सोमबार
दैलेख – दैलेखको गुराँस गाउँपालिका-६ को भिउँचुला बगौरा पुलिया सडक स्तरोन्नति कार्यको सार्वजनिक टेलिफोन वार्ताका लागी छानबिन गर्न समिति गठन गरिएको छ।

गुराँस गाउँपालिकाको एक उपभोक्ता समितिले योजना रकमको पैसा काम नगरि बाँडेको अडियो सार्वजनिक भएपछि सत्यतथ्य पत्ता लगाउन समिति गठन गरिएको हो। पशुपति शर्माको संयोजकत्वमा रहेका छानविन समितिमा सुरेन्द महतरा, सुर्य नेपाली र उदयराज जैसि रहनु भएको छ।

गाउँपालिकाको भीउचुलादेखि पुलिया सडक निर्माण उभोक्ता समितिले २ लाख ७६ हजार रकम उपभोक्ता समितिका तीन जनाले बाँडेको अडियोमा खुलेको छ।

निर्माण उपभोंक्ता समितिका अध्यक्ष गगन खत्री, सचिव गोविन्द वली र कोषाध्यक्ष भक्तबहादुर रानाले ९२/९२ हजार रूपैयाँ बाँडेको खुलेको छ।

गाउँपालिकाका सव-ईन्जिनियर नविनकुमार विसी र वडाध्यक्ष हिम बहादुर ओलीलाई तीन दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिईएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो।

वडाध्यक्ष सुरेन्द्र महत्तरा, सव-इन्जियर उदयराज जैसी र सव-इन्जिनियर सूर्य नेपाली सहितको छानविन समिति गठन गरिएको गाउँपालिकाका अध्यक्ष ओलीले जानकारी दिनुभयो।

सडक बनाउने रकम उपभाेक्ता समितिका अध्यक्ष, सचिव र काेषाध्यक्षले झ्याम पारे (अडियोसहित)

छानविन समितिको प्रतिवेदन अनुसार कार्वाही प्रक्रिया अगाडि बढाइने अध्यक्ष ओलीको भनाई छ। अध्यक्ष ओलीले वडाध्यक्ष ओली र सव-ईन्जिनियरले पेश गरेको स्पष्टिकरण चित्तबुझ्दो नआए कानुनबमोजिम कार्वाही गरिने जिकिर गर्नुभयो।

समितिका अध्यक्ष खत्रीले आफुसहित ३ जनाले रकम बाँडेर लिएको टेलिफोन कुराकानीमा भनेका छन। समितिका अध्यक्ष खत्रीले स्थानीय हिक्मत वलीसँग भएको टेलिफोन कुराकानीमा तीन जनाले ९२/९२ बाँडेर लिएको खुलेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...