News Portal

मोरङमा तरुण दलको फुड बैंकः “हुनेले दिने, नहुनेले लिएर जाने”

अहिलेसम्म १८ जनाले दिएर सहयोग गरेका छन् भने ३९० जनाले खाद्य सामग्री लगेका छन्।

हिमाली संचार संवाददाता
४१० पटक
२०७७ भाद्र ८, सोमवार

अविन माबो, मोरङ । कोभिड-१९ का कारण लकडाउनमा भोकै बस्नु नपरोस् भन्ने उदेश्य सहित नेपाल तरुण दल केराबारी मोरङले नया धारणा सहितको फुड बैंक संचालनमा ल्याएका छन्।

“हुनेले दिएर जाने, नहुनेले लिएर जाने” भन्ने नाराका साथ नेपाल तरुण दल केराबारीले फुड बैंक शनिवारदेखि संचालनमा ल्याएको हो। मोरङको केराबारी गाँउपालीका भवन अगाडी खाधन्न दाल, चामल, नुन, तेल र सोयाविन तेल राखिएको छ।

ज्यादै निम्न आय भएका दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवारलाई कोरोना संक्रमणका कारण लकडाउनमा समस्यामा परेका कोही पनी श्रमिक भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले नेपाल तरुण दल केराबारीले यस्तो अभियान संचालन गरेको तरुण दलका केराबारी सभापति पप्पु शाहले बताए।

शाहका अनुसार हालसम्म १८ जनाले दिएर सहयोग गरेका छन् भने ३९० जनाले खाद्य सामग्री लिएर गएका छन्यो।  अभियान निकै प्रभावकारी बन्दै गएको स्थानीय यज्ञ पोख्रेलले बताए। एक पटकमा एक पोका तेल, दुई केजी चामल, एक पाउ सोयाविन र १ पोका नुन लान पाइन्छ।

तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले नेपाल तरुण दल केराबारी गाउँपालिकाले गरेको अभियानको प्रशंसा गर्दै देशभरका तरुण कार्यकर्ताहरुलाई आआफ्नो स्थानमा अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न समेत अपिल गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...