News Portal

सडक बनाउने रकम उपभाेक्ता समितिका अध्यक्ष, सचिव र काेषाध्यक्षले झ्याम पारे (अडियोसहित)

हिमाली संचार संवाददाता
७५१ पटक

गाउँपालिका अध्यक्षको एक्सन, सार्वजनिक टेलिफोन वार्तालापको छानबिन समिति गठन 

२०७७ भदौ ८, सोमबार
नविन शाही/सुर्खेत – दैलेखकाे गुराँस गाउँपालिका-६ काे एक उपभाेक्ता समितिले याेजना रकमकाे पैसा काम नगरि बाँडेकाे पाइएकाे छ। गाउँपालिकाकाे भीउचुलादेखि पुलिया सडक निर्माण उभाेक्ता समितिले २ लाख ७६ हजार रकम उपभाेक्ता समितिका तीन जनाले बाँडेकाे पाइएकाे हाे।

निर्माण उपभाेक्ता समितिका अध्यक्ष गगन खत्री, सचिव गाेविन्द आेली र काेषाध्यक्ष भक्तबहादुर रानाले ९२/९२ हजार रूपैयाँ बाँडेकाे प्रमाणित भएकाे छ। समितिका अध्यक्ष खत्रीले आफुसहित ३ जनाले रकम बाँडेर लिएकाे टेलिफाेन कुराकानीमा भनेका छन्।

समितिका अध्यक्ष खत्रीले स्थानीय हिक्मत ओलीसँग भएकाे टेलिफाेन कुराकानीमा भनेका छन्-‘हिम बहादुरलाइ पनि बाेलाएका थियाैं उसले लिन मानेन, हामी ३ जना बसेर बाड्याैं। भक्तबहादुरले चार भाग लगाउ भन्दा मानेन। तीन जनाले ९२/९२ बाँडेर लियाैं’।

‘कर्णाली प्रदेश सांसद विकास काेषकाे रकमबाट उक्त उपभाेक्ता समितिले ३७ हजार घनमिटर सडक निर्माण श्रमिक लगाएर गर्नुपर्ने थियाे’ एक स्थानीयले भने, ‘उनिहरूले मेशिन लगाएर काम गरेकाेले बचेकाे रकम बाँडेका हुन्।

निर्माण कार्यकाे जिम्मा लिएका व्यवसायी हिक्मतले ३७ हजार घनमिटर खन्नपर्नेमा ७६ हजार घनमिटर खनेकाे बताएका छन्। उनले भने- ‘काम गर्नुपर्ने भन्दा धेरै काम गरेवापतकाे रकम उपभाेक्ता समितसँग मागेकाे थिए। घुस माग्यो भनेर अफवाह फैलाएका छन्।

अडियो सुन्नुहोस।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...