News Portal

सडक बनाउने रकम उपभाेक्ता समितिका अध्यक्ष, सचिव र काेषाध्यक्षले झ्याम पारे (अडियोसहित)

हिमाली संचार संवाददाता
८०७ पटक

गाउँपालिका अध्यक्षको एक्सन, सार्वजनिक टेलिफोन वार्तालापको छानबिन समिति गठन 

२०७७ भदौ ८, सोमबार
नविन शाही/सुर्खेत – दैलेखकाे गुराँस गाउँपालिका-६ काे एक उपभाेक्ता समितिले याेजना रकमकाे पैसा काम नगरि बाँडेकाे पाइएकाे छ। गाउँपालिकाकाे भीउचुलादेखि पुलिया सडक निर्माण उभाेक्ता समितिले २ लाख ७६ हजार रकम उपभाेक्ता समितिका तीन जनाले बाँडेकाे पाइएकाे हाे।

निर्माण उपभाेक्ता समितिका अध्यक्ष गगन खत्री, सचिव गाेविन्द आेली र काेषाध्यक्ष भक्तबहादुर रानाले ९२/९२ हजार रूपैयाँ बाँडेकाे प्रमाणित भएकाे छ। समितिका अध्यक्ष खत्रीले आफुसहित ३ जनाले रकम बाँडेर लिएकाे टेलिफाेन कुराकानीमा भनेका छन्।

समितिका अध्यक्ष खत्रीले स्थानीय हिक्मत ओलीसँग भएकाे टेलिफाेन कुराकानीमा भनेका छन्-‘हिम बहादुरलाइ पनि बाेलाएका थियाैं उसले लिन मानेन, हामी ३ जना बसेर बाड्याैं। भक्तबहादुरले चार भाग लगाउ भन्दा मानेन। तीन जनाले ९२/९२ बाँडेर लियाैं’।

‘कर्णाली प्रदेश सांसद विकास काेषकाे रकमबाट उक्त उपभाेक्ता समितिले ३७ हजार घनमिटर सडक निर्माण श्रमिक लगाएर गर्नुपर्ने थियाे’ एक स्थानीयले भने, ‘उनिहरूले मेशिन लगाएर काम गरेकाेले बचेकाे रकम बाँडेका हुन्।

निर्माण कार्यकाे जिम्मा लिएका व्यवसायी हिक्मतले ३७ हजार घनमिटर खन्नपर्नेमा ७६ हजार घनमिटर खनेकाे बताएका छन्। उनले भने- ‘काम गर्नुपर्ने भन्दा धेरै काम गरेवापतकाे रकम उपभाेक्ता समितसँग मागेकाे थिए। घुस माग्यो भनेर अफवाह फैलाएका छन्।

अडियो सुन्नुहोस।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...