News Portal

एन्डी मुरेको विजयी सुरुआत !

हिमाली संचार संवाददाता
५४० पटक
२०७७ भदौ ८, सोमबार

एजेन्सी/न्युयोर्क – ब्रिटेनका एन्डी मुरेले शनिबार एटिपीमा सुखद सुरुआत गरेका छन्। सन् २०२० मा आफ्नो पहिलो खेलको रूपमा रहेको वेस्टर्न एन्ड साउथर्न ओपनमा मुरेले शनिबार फ्रान्सेस टाइफोईमाथि ७–६(८/६),३–६,६–१ को जित हात पारेका हुन्।

सन् २०१२ को युएस ओपन विजेता मुरेले २०१३ र २०१६ को विम्बल्डनका साथै २०१२ र २०१६ को ओलम्पिकमा टेनिसतर्फ स्वर्ण पदक जितेका थिए।

पूर्व विश्व नम्बर एक मुरे (जो अहिले १ सय २९औं स्थानमा छन्)ले गत नोभेम्बरमा डेविस कप दौरान घाइते भएका थिए। कोरोना भाइरस महामरीका कारण लामो समयदेखि टेनिस गतिविधि पनि रोकिएको थियो। वाइल्ड कार्ड इन्ट्रान्सका लागि भएको खेलमा उनले टाइफोईमाथि जित हात पारेका हुन्।

‘मैले आज राम्रो प्रदर्शन गरें,’ मुरेले भने, ‘त्यसैले म खुसी छु र यसले मलाई आगामी खेलका लागि मनोबल बढाएको छ,’ मुरेले भने। यता महिलातर्फ २० वर्षीया डायना यास्टेरमस्काले सात पटककी ग्रान्ड स्लाम विजेता भेनस विलियम्सलाई ५–७,६–२,७–५ ले निराश पारिन्।

‘मैले दुखाइका कारण खेल बीचमै छोड्ने मनस्थिति बनाइसकेको थिएँ,’ डायनाले भनिन्, ‘तर पनि मैले दुखाइका बावजुद मैले भेनस विलियम्सविरुद्ध खेल्ने निर्णय लिएँ। यो जित मेरा लागि महतवपूर्ण छ।’

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...