News Portal

एन्डी मुरेको विजयी सुरुआत !

हिमाली संचार संवाददाता
५८८ पटक
२०७७ भदौ ८, सोमबार

एजेन्सी/न्युयोर्क – ब्रिटेनका एन्डी मुरेले शनिबार एटिपीमा सुखद सुरुआत गरेका छन्। सन् २०२० मा आफ्नो पहिलो खेलको रूपमा रहेको वेस्टर्न एन्ड साउथर्न ओपनमा मुरेले शनिबार फ्रान्सेस टाइफोईमाथि ७–६(८/६),३–६,६–१ को जित हात पारेका हुन्।

सन् २०१२ को युएस ओपन विजेता मुरेले २०१३ र २०१६ को विम्बल्डनका साथै २०१२ र २०१६ को ओलम्पिकमा टेनिसतर्फ स्वर्ण पदक जितेका थिए।

पूर्व विश्व नम्बर एक मुरे (जो अहिले १ सय २९औं स्थानमा छन्)ले गत नोभेम्बरमा डेविस कप दौरान घाइते भएका थिए। कोरोना भाइरस महामरीका कारण लामो समयदेखि टेनिस गतिविधि पनि रोकिएको थियो। वाइल्ड कार्ड इन्ट्रान्सका लागि भएको खेलमा उनले टाइफोईमाथि जित हात पारेका हुन्।

‘मैले आज राम्रो प्रदर्शन गरें,’ मुरेले भने, ‘त्यसैले म खुसी छु र यसले मलाई आगामी खेलका लागि मनोबल बढाएको छ,’ मुरेले भने। यता महिलातर्फ २० वर्षीया डायना यास्टेरमस्काले सात पटककी ग्रान्ड स्लाम विजेता भेनस विलियम्सलाई ५–७,६–२,७–५ ले निराश पारिन्।

‘मैले दुखाइका कारण खेल बीचमै छोड्ने मनस्थिति बनाइसकेको थिएँ,’ डायनाले भनिन्, ‘तर पनि मैले दुखाइका बावजुद मैले भेनस विलियम्सविरुद्ध खेल्ने निर्णय लिएँ। यो जित मेरा लागि महतवपूर्ण छ।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...