News Portal

शरीर बन्धक मुद्दामा पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ठगी आरोप

अदालतले प्रहरीलाई दियो पक्राउ पुर्जी !

हिमाली संचार संवाददाता
५५९ पटक

२०७७ भदौ ७, आइतबार
रामेछाप – शरीर बन्धक अभियोगमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कामाथि प्रहरीले ठगी मुद्दामा समेत अनुसन्धान अघि बढाएको छ।

खड्काविरुद्ध परेको ठगी मुद्दामा अनुसन्धान गर्न पक्राउका लागि प्रहरीले रामेछाप जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको छ। यद्यपि खड्का प्रहरी हिरासतमै छन्।

दुवै मुद्दाको अनुसन्धान एकसाथ अघि बढाउने तयारीका लागि प्रहरीले अदालतमार्फत पक्राउका लागि अनुमति लिएको प्रहरी नायव उपरीक्षक वसन्त पाठकले बताए।

स्थानीय शेरबहादुर खड्काले गाउँपालिका अध्यक्षले ठगी गरेकोले कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका हुन्।

२ करोड मूल्य दिन्छु भन्दै आफ्नो २१ रोपनी जग्गा गाउँपालिकाको लागि मागेको तर उक्त जग्गा पालिकालाई नभई आफ्नी साली नाता पर्नेको नाममा झुक्याएर पास गरेको र तोकिएको मूल्य नदिएको आरोप लगाइएको छ।

उक्त जग्गा धोबी बजार नजिकैको हो। गाउँपालिकाको नाममा हालसम्म कुनै जग्गा नभएकोले स्थायी संरचना बनेको छैन। भाडाको साँघुरो घरमा गाउँपालिकाको कार्यालय संचालनमा छ।

प्रहरीले ठगीको जाहेरीसमेत खड्का हिरासतमै रहेका बेला परेकाले दुवै मुद्दामा एकै साथ अनुसन्धान गर्ने भएको हो। यसअघि धोबीको एउटा उपभोक्ता समितिका अध्यक्षलाई गाउँपालिकामा बन्धक बनाई जबरजस्ती चेकमा हस्ताक्षर गर्न लगाएको अभियोगमा खड्काविरुद्ध अनुसन्धान जारी छ।

खड्कालाई ९ दिन अघि प्रहरीले पक्राउ गरेको थियो। उक्त मुद्दाको अनुसन्धानका लागि १७ दिन हिरासतमा राख्न रामेछाप जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको आजको कान्तिपुरमा समाचार छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...