News Portal

नेपालमा वर्षेनी ३ हजारभन्दा बढी कुष्ठरोगका बिरामी

हिमाली संचार संवाददाता
६४८ पटक

२०७७ भदौ ७, आइतबार
वीरेन्द्रनगर – कर्णाली प्रदेशमा गत आर्थिक बर्षमा ४९ जना नयाँ कुष्ठरोगीका विरामी फेला परेका छन। आर्थिक वर्ष २०७६/०७७ मा कर्णालीका १० जिल्लामा नयाँ विरामी पत्ता लागेका आइएनएफ सुर्खेतले जनाएको छ।

अघिल्लो आर्थिक २०७५/०७६ बर्षमा कर्णालीमा ५६ जना नयाँ कुष्ठरोगीका विरामी फेला परेका थिए। कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको आईएनएफका अनुसार सुर्खेतमा १४ जना नयाँ विरामी भेटिएको जनाएको छ।

यस्तै जाजरकोटमा १३, दैलेखमा ९, कालिकोटमा ६ जुम्लामा १ र सल्यानमा २ नयाँ बिरामी फेला परेका छन्। आर्इएनएफ सुर्खेतमा कर्णाली प्रदेश बाहेका अन्य जिल्लाका ४ जना विरामीले पनि सेवा लिएको अस्पतालले जनाएको छ।

प्रति १० हजार जनसंख्यामध्ये एक जनाभन्दा कम गर्ने लक्ष्य लिइए पनि बिरामीहरू वर्षेनि बढ्दै जाँदा यसमा चुनौती देखिएको छ। साइनिङ अस्पतालका प्रमुख मंगल चौधरीले सुर्खेतमा पछिल्लो समय कुष्ठरोगका विरामीको संख्यामा कमि आएको देखिएपनि कोरोना माहामारीका कारण सेवा लिन नसकेको बताउनुभयो।

उहाँले अघिल्लो बर्षको तुलनामा यस बर्ष कुष्ठरोगका विरामीको संख्यामा कमि आएको बताउनुभयो। नेपालमा पनि वर्षेनि ३ हजारभन्दा बढी कुष्ठरोगका बिरामी फेला पर्ने गरेका छन्।

एक बर्षको अवधिमा आइएनएफ सुर्खेतमा झन्डै हजार कोष्ठरोग तथा छाला सम्बन्धी समस्या भएका विरामीले सेवा लिएका छन।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...