News Portal

    नेपाल प्रहरीमा पाँच डिआइजी थपिने, बढुवाका लागि दौडधुप सुरु

    हिमाली संचार संवाददाता
    ४८७ पटक

    २०७७ भदौ ७, आइतबार
    काठमाडौं – सरकारले नेपाल प्रहरीको नायब महानिरीक्षक (डिआइजी)को दरबन्दी थप्ने गरी गृहकार्य अघि बढाएको छ। गत वर्षको २८ चैतमा डिआइजीको संख्या कटौती गरेको सरकारले संख्या घटाएको चार महिनापछि फेरि पाँच वटा दरबन्दी थप गर्न तयारी अघि बढाएको हो।

    प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा डिआइजी दरबन्दी थप गर्न सहमत भएपछि मत्रालयले थप तयारी समेत अघि बढाएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

    गृह मन्त्रालय स्रोतका अनुसार सो विषयमा प्रहरी प्रधान कार्यालय र मन्त्रालयबीच कति संख्यामा दरबन्दी थप गर्ने भन्नेमा समेत सहमति जुटिसकेको छ।

    प्रधान कार्यालयले महत्वपूण विभागमा डिआइजीको दरबन्दी आवश्यक रहेको भन्दै प्राविधिकतर्फ बाहेक हाल १४ जनाको संख्या रहेको डिआइजीबाट पाँच बढाएर १९ पु-याउन प्रस्ताव गरिसकेको छ।

    यसअघि नेपाल प्रहरीमा प्राविधिकतर्फ बाहेक डिआइजीको दरबन्दी २६ थियो भने सरकारले एकै पटक गत चैतमा संख्या घटाएर १४ मा झारेको थियो। त्यसयता डिआइजी प्रमुख रहेका प्रहरी संगठनका कतिपय विभागहरू एसएसपीको भरमा चल्दै आएका छन्।

    सरकारले डिआइजीको संख्या कटौती गर्दा बढुवाको मुखमा रहेका धेरै एसएसपी मर्कामा परेका थिए भने प्रहरी संगठनभित्र असन्तुष्टिसमेत बढेको थियो। त्यसबखत गृहसचिव महेश्वर न्यौपाने र प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीबीचपटक पटक भनाभन समेत भएको थियो।

    संख्या थप गर्ने विषयमा मन्त्रालयका सहसचिव रामप्रसाद आचार्यको संयोजकत्वमा संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति (ओएनएम) समेत गठन भएको थियो । तर हाल उनी गृहबाट रक्षा मन्त्रालय सरुवा भएका छन्।

    समितिमा प्रहरीतर्फबाट डिआइजी प्रकाशजंग कार्की सदस्य छन्। सो समितिले नेपाल प्रहरीमा प्रशासनतर्फका ५ जना डिआइजीको दरबन्दी थप्ने प्रस्ताव गरेको हो।

    सो प्रस्ताव सहमती पछि अर्थ मन्त्रालयमा पठाई सकिएको छ। अर्थले दरबन्दी थपबारे स्वीकृति दिएपछि सो प्रस्ताव कानुन मन्त्रालयको रायसहित पुनः गृह मन्त्रालयमा आउनेछ। अर्थ र कानुन मन्त्रालयको सहमति पाएपछि गृह मन्त्रालयले स्वीकृतका लागि मन्त्रिपरिषद् बैठकमा पठाउनेछ।

    नेपाल प्रहरीतर्फ डिआइजीले नेतृत्व गर्ने कार्यविभाग, अपराध अनुसन्धान विभाग, महिला तथा बालबालिका, लागुऔषध, मानव बेचबिखन, साइबर ब्युरोलगायतका विभाग नेतृत्वविहीन छन्।

    दरबन्दी कटौती हुदा वरीयतामा अगाडि रहेका धनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्त पन्त, ईश्वरबाबु कार्की, सहकुल थापा, धीरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसी डिआइजीमा बढुवा भएका थिए।

    नेपाल प्रहरीका हाल दुई डिआइजी पद रिक्त छन् भने पाँच दरबन्दी थपिएपछि सात जना एसएसपी वरिष्ठताका आधारमा डिआइजीमा बढुवा हुनेछन्।

    को को छन् दौडमा ?
    हालका प्रहरी महानिरीक्षक शैलेश थापाको ब्याचका तर हाल एसएसपीमै रहेका पुरुषोत्तम कँडेल, देवबहादुर बोहोरा, गणेश ऐर, दिलिप चौधरी, राजेशलाल कर्ण, रामकृपाल शाह, उमेश रञ्जितकार, प्रकाश अधिकारी, शेखर कोइराला, किशोर दाहाल र शौरभ राणा बढुवाको लाइनमा छन्।

    यसैगरी, त्यसपछिका ब्याचका एसएसपीहरू दिवेश लोहनी, मुकुन्द आचार्य, सुशील यादव, पूजा सिंह, नरबहादुर खत्री, मोहन आचार्य, नलप्रसाद उपाध्याय, विक्रम चन्द, मसाउद आलम खाँसहितका एसएसपीहरू बढुवाको लाइनमा लागेका छन्। यो समाचार आजको राजधानीदैनिकमा महेश्वर गौतमले लेखेका छन।

    प्रतिकृया दिनुहोस्

    विमान दुर्घटनाको असर : बोइङको शेयर धराशायी, विश्व बजारमा चहलपहल

    भारतको अहमदाबादमा एयर इन्डियाको ड्रीमलाइनर विमान दुर्घटनामा परेपछि त्यसको गहिरो असर अहिले अमेरिकी शेयर बजारमा...

    १४ जुनभित्र एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीलाई एनआरएनए आइसीसीको आग्रह

    काठमाडौँ। सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले सम्पन्न गरेको एकताको महाधिवेशनबाट निर्वाचित अन्तरराष्ट्रिय समन्वय परिषद...

    काठमाडौं महानगरमा चाँडै कार्यपालिका र नगरसभा बैठक बस्ने तयारी, उपप्रमुखसँगको वार्ता सकारात्मक

    काठमाडौं, जेठ २९ – लामो समयदेखि रोकिएको काठमाडौं महानगरपालिकाको कार्यपालिका र नगरसभा बैठक अब चाँडै...

    काठमाडौं महानगरमा कार्यपालिका बैठकको तयारी, मेयर बालेन र उपमेयर सुनिताबीच वार्ता

    काठमाडौं, जेठ २९ – लामो समयदेखि ठप्प रहेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक अब चाँडै बस्ने...

    रामेछापमा सालोको हत्या आरोपमा भिनाजु पक्राउ

    रामेछाप, जेठ २९ – रामेछाप नगरपालिका–४, हिमगंगामा पारिवारिक विवादकै कारण सालोको ज्यान लिएको आरोपमा एक...