News Portal

  • वीरगन्जमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरू बढे, दैनिक १ देखि ३ जनासम्मको मृत्यु हुँदै

    ५४३ पटक

    २०७७ भदौ ६, शनिबार
    हरिशंकर शर्मा/वीरगन्ज – वीरगन्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्यामा वृद्धि हुँदै गएको छ। केही सातायतादेखि कोरोना संक्रमणबाट वीरगन्जमा दिनहुँ एक जनादेखि तीन जनासम्मले ज्यान गुमाउने गरेका छन्।

    यसै क्रममा शनिबार बिहान सवा ७ बजे एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। बहुदरमाई नगरपालिका वडा नं ४ घर निवासी ६१ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको नारायणी अस्थायी कोभिड़ अस्पतालका इन्चार्ज डा.निरज सिंहले जानकारी दिए।

    उनका अनुसार खोकी तथा स्वास-प्रस्वासमा समस्या आएपछि भदौ ३ गते स्वाब संकलन गरी परीक्षण गर्दा भदौ ४ गते उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

    कोरोना संक्रमण पुष्टि भएपछि वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड़ अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेकोमा स्वास्थ्यमा सुधार नआएपछि भदौ ४ गतेदेखि भेण्डिलेटरमा राखेर उपचार भई रहेको थियो।

    स्वास-प्रस्वासमा समस्या बढ्दै गएको कारण भेन्टिलेटरमा पनि राखेर बचाउन नसकिएको डा. सिंहको भनाइ छ। यसैगरी शुक्रबार राति पनि एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ।

    वीरगन्ज महानगरपालिका वडा नं २६ सुगौली बिर्ता निवासी ५८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो। खोकी तथा स्वास प्रस्वासको समस्याले ग्रसित उनको उपचारको क्रममा वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड़ अस्पतालमा मृत्यु भएको डा.सिंहले जानकारी दिए।

    उनका अनुसार भदौ ४ गते ती पुरुषको स्वाब संकलन गरेर नारायणी असप्तालको प्रयोगशालामा  परीक्षण गर्दा भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएपछि भेण्टिलेटरमा राखेर उपचार भइरहेकोमा शुक्रबार राति मृत्यु भएको बताए।

    मृतक दुबै पुरुषको कुनै ट्राभल हिस्ट्री नरहेको बताइएको छ। मृतक दुबै पुरुषसँगै वीरगन्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ। कोरोना संक्रमणबाट वीरगन्जको नारायणी अस्थायी कोभिड अस्पतालमा हालसम्म ३५ जनाको मृत्य भइसकेको छ।

    मृत्यु हुनेमा पर्सा जिल्लाको मात्रै २८ जना, बाराका ५ जना र रौतहटका २ जना रहेका छन्। पर्सामा पछिल्लो समय कोरोना संक्रमण पुष्टि हुनेका साथै मृत्यु हुनेहरुको संख्यामा पनि वृद्धि हुँदै गएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १७ गतेको राशिफल

    आज भदौ १७, २०८२ (सेप्टेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विद्यालयमै छात्रामाथि करणी, प्रधानाध्यापक पक्राउ

    उदयपुर -उदयपुरको बेलका नगरपालिका – २ कन्चनजगा स्थित हिमशिखर ईङ्लिस बोर्डिङ स्कुलका प्रधानध्यापक युवराज श्रेष्ठ...

    अफगानिस्तानमा भूकम्प, मृतक संख्या ८१२ पुग्यो

    काठमाडौं, भदौ १६ – अफगानिस्तानको पूर्वी भागमा गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ।...

    रास्वपाको मतपरिणाम किन गोप्य?

    काठमाडौँ, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि डा. लेखजंग...

    लेखकको स्पष्ट भनाइ: नेपाल–भारत–चीन सम्बन्धमा भूभाग विषयमा प्रष्टता

    वीरगन्ज, भदौ १६ – गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको स्पष्ट...