News Portal

जनकपुरको गोरधई पोखरीमा युवक मृत फेला

हिमाली संचार संवाददाता
४५४ पटक

२०७७ भदौ ६, शनिबार
घनश्याम मिश्र/जनकपुरधाम – जनकपुरको एक पोखरीमा मृत अवस्थामा फेला परेको छ। जनकपुरधाम उपमहानगरपालिका-९ पीडारी चोकमा रहेको एक पोखरी (गोरधई)मा मृत अवस्थामा युवक भेटिएको छ।

मृतक सर्लाही घर भई हाल जमकपुर-९ शंकटमोचन मन्दिर छेउ डेरा गरी बस्ने अन्दाजी २२ वर्षीय युवक अविनाश कर्ण रहेको धनुषा प्रहरीले जानकारी दिनुभयो।

प्रहरीकाअनुसार युवकको केही महिनादेखि मानसिक सन्तुलन बिग्रेको र उपचारसमेत भईरहेको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार मृतकका आफन्त सम्पर्कमा आईसकेका छन्।

शनिबार बिहान करिब साढे ६ बजे प्रहरीले जानकारी पाउन साथ घटनास्थल पीडारी चोक पुगेको थियो। मृतक युवक जनकपुरको एक विद्यालयमा अध्यापन पेशा गर्दै आएका थिए।

मानसिक सन्तुलन खराब रहेका उक्त युवकलाई घरमा नै केहि दिन देखि बाधेर राख्ने गरेको र तीन दिन अगाडि मृतक युवक घरबाट भागेको परिवारलाई उधृत गर्दै धनुषा प्रहरीले जनाकारी दिएको छ।

मृतक युवकका बुबा प्रहरी सम्पर्कमा आईसकेको र कानून अनुसार मुचुल्का उठाई शव परिवारलाई बुझाउने कार्य भईरहेको धनुषा प्रहरीले जनाएको छ। मृत्युबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको धनुषा प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...