News Portal

कोरोनामा १३ अर्ब ३७ करोड खर्च, धेरै खर्च रक्षा मन्त्रालयमा

हिमाली संचार संवाददाता
४६१ पटक
२०७७ भदौ ५, शुक्रबार

काठमाडौं – सरकारले कोरोना भाइरस नियन्त्रण र उपचारमा २०७६ चैतदेखि २०७७ साउन मसान्तसम्म १३ अर्ब ३७ करोड रुपैयाँ खर्च गरेको छ।

औषधि र स्वास्थ्य सामग्री खरिद, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टाइन व्यवस्थापनजस्ता काममा यो रकम खर्च भएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

यसमध्ये संघीय सरकारबाट ५ अर्ब ८४ करोड ७९ लाख ९४ हजार रुपैयाँ खर्च भएको छ। खर्चका हिसाबले स्वास्थ्य पूर्वाधारमा २ अर्ब ९३ करोड ८८ लाख ९६ हजार र औषधि तथा स्वास्थ्य सामाग्रीमा १ अर्ब ७५ करोड ५२ लाख ४० हजार रुपैयाँ रहेको छ।

खर्च गर्नेमा रक्षा मन्त्रालय अगाडि छ। उसले २ अर्ब ३७ करोड रुपैयाँ खर्च गरेको छ। यस्तै स्वास्थ्य मन्त्रालयमार्फत २ अर्ब १७ करोड, गृह मन्त्रालयमार्फत् २० करोड ८३ लाख, संस्कृति पर्यटन मन्त्रालयबाट ४ करोड ४९ लाख, शहरी विकास मन्त्रालयबाट एक करोड २९ लाख र परराष्ट्र मन्त्रालयबाट ६ लाख रुपैयाँ खर्च भएको प्रवक्ता खतिवडाले जानकारी दिए।

यस्तै एक अर्ब ३ करोड ६९ लाख ९६ हजार कोभिड कोषबाट खर्च भएको छ।

मन्त्री खतिवडाले दिएको विवरण अनुसार प्रदेश सरकारहरुबाट एक अर्ब ४९ करोड ७० लाख रुपैयाँ खर्च भएको छ। सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशले सबैभन्दा धेरै खर्च गरेको छ। प्रदेश सरकारले गरेको खर्चमध्ये प्रदेश १ ले २० करोड ७१ लाख रुपैयाँ खर्च गरेको छ।

त्यस्तै, प्रदेश नं २ ले १७ करोड २ लाख, वाग्मती प्रदेशले १३ करोड ६७ लाख, गण्डकी प्रदेशले १४ करोड ५४ लाख, प्रदेश नं ५ ले १० करोड ५९ लाख, गण्डकी प्रदेशले २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशले ४२ करोड ४८ लाख रुपैयाँ कोभिड रोकथाम तथा उपचारमा खर्च गरेको खतिवडाले जानकारी दिए।

कोभिड नियन्त्रणमा स्थानीय तहहरुबाट ६ अर्ब २ करोड खर्च भएको छ। यो संघ सरकारले गरेको खर्चभन्दा पनि धेरै हो।

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

झापाका क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

झापा -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...