News Portal

दुनियाँका ४ देश: जहाँ प्रहरीसँग हतियार हुँदैन, तर पनि छैन अपराध

हिमाली संचार संवाददाता
६५१ पटक

२०७७ भदौ ५, शुक्रबार
एजेन्सी – नागरिकको जीउधन तथा देशको सम्पत्तिसमेतको सुरक्षा गर्ने र कानुनी व्यवस्था र शान्ति सुरक्षा कायम गराउनका लागि जुनसुकै देशमा पनि प्रहरीलाई जिम्मा दिइएको हुन्छ।

यस्तो कार्यका लागि स्वभावतः प्रहरीलाई हतियार चाहिन्छ। शान्ति सुरक्षा कमजोर भएका देशहरुमा प्रहरीहरु हतियारले सुसज्जित भएर गस्तीमा निस्कन्छन् ता कि अपराधीहरु तर्सियुन् तर यो दुनियाँमा यस्ता केही देशहरु पनि छन् जहाँ प्रहरीसँग हतियार हुँदैन।

शान्ति सुरक्षमा खटिने अधिकांश प्रहरीहरु निहत्था भएता पनि ती देशहरुको शान्ति सुरक्षाको अवस्था निकै उदाहरणीय रहँदै आएको छ।

अधिकांश प्रहरीसँग हतियार नहुने दुनियाँका केही देश यी हुन्:

१) आइसल्याण्ड
करिब ३ लाख जनसंख्या भएको युरोपेली मुलुक आइसल्याण्डको एउटा अनौठो विशेषता यो छ कि यहाँका करिब एक तिहाइँ जनतासँग हतियार हुन्छ।

एकातर्फ नागरिकहरु हतियारधारी हुन्छन् भने अर्कोतर्फ अधिकांस समय प्रहरीहरु विना हातहतियार सुरक्षा कार्यमा खटिएका हुन्छन्। आइसल्याण्डमा अपराधको दर निकै कम छ। नागरिकहरुसँग भएको हतियार पनि केवल जनावरको वैध सिकारका लागि मात्र प्रयोग हुन्छ।

२) आयरल्याण्ड
अर्को युरोपेली मुलुक आयरल्याण्डका केवल २५ प्रतिशत प्रहरी अधिकारीहरुले मात्र बन्दुक बोक्दछन्। ७५ प्रतिशत प्रहरीले त बन्दुक चलाउने तालिम नै लिएका हुँदैनन्। त्यसैले उनीहरुले बन्दुक बोक्ने कुरै भएन।

३) न्युजिल्याण्ड
दुनियाँको सम्वृद्ध तथा शान्त मुलुकमध्येको एक न्युजिल्याण्डमा पनि केवल एक दर्जन प्रहरी अधिकारीहरुसँग मात्र ह्याण्डगन हुन्छ। अरु प्रहरीहरुले निजी हतियार राख्दैनन्।

४) नर्वे
विश्वको सबैभन्दा सुखी मुलुक मध्येको एक नर्वेमा पनि प्रहरीले खासै हतियार बोक्दैनन्। अपराधीलाई तर्साउनका लागि पुलिसले हतियार बोक्दा जनतालाई उल्टै नकारात्मक त्रास पैदा हुने मान्यता छ त्यहाँ।

सन् २०११ मा नर्वेमा एकजना हतियारधारीले अन्धाधुन्ध गोली चलाउँदा ७७ जना सर्वसाधारणको मृत्यु भएको थियो। त्यतिबेला पनि प्रहरीले ढिलोमात्र एक्सन लिएको भन्दै आलोचना भएको थियो।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...