News Portal

इलामका थप ४ जनामा कोरोना संक्रमण पुष्टि

हिमाली संचार संवाददाता
५३९ पटक

२०७७ भदौ ५, शुक्रबार
भगीरथ भण्डारी/इलाम – इलामको सन्दकपुर गाउँपालिकामा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा सन्दकपुर-४ माबुका तीन जना र सन्दकपुर-३ सुलुुबुङ्गका एक जना रहेक छन्।

यस अघि देखिएका संक्रमितको कन्टयाक ट्रेसिङका आधारमा १ सय २७ जनाको स्वाब परिक्षण गर्दा ४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।

सन्दकपुरमा यस अघि वडा सदस्यसहित चार जनामा कोरोना संक्रमण देखिएको थियो। पञ्चकन्या हाइड्रो पावरमा आएर फर्किएका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको कन्टयाक ट्रेसिङमा भएकाहरुको स्वाब परिक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो।

त्यस यता सन्दकपुर गाउँपालिकाले लकडाउनको घोषणा गरेको छ। यो सहित जिल्लामा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

झापाका क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

झापा -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...