News Portal

निरन्जनरामको साथीले नै घाँटी रेटेर गरे हत्या !

हिमाली संचार संवाददाता
७३५ पटक

२०७७ भदौ ५, शुक्रबार
रौतहट – गत साउन ३१ गते राति रौतहटको गरुडामा भएको युवकको हत्या आफनै साथीहरुले गरेको रहस्य खुलेको छ। युवकको हत्याको आरोपमा पक्राउ परेकालाई ७ जनालाई इलाका प्रहरी कार्यालय गरुडा रौतहटले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

गत साउन ३१ गते राती रौतहटको गरुडा नगरपालिका वाड नं. ८ जिगडियाका नन्दलाल रामको २० बर्षिय छोरा निरन्जन राम चमारको घाटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको थियो।

युवकको हत्याको आरोपमा सोही गाउँका शेख गुलाबीका छोरा आजाद, मनोहर महराका छोरा अजय कुमार रन्जन, शशिभुषण यादबका छोरा बिबेक राय यादब मंगल रामको छोरा अर्जुन राम, हितलाल पासवानको छोरो सिकिन्द्र पासवान, पनिलाल महराको छोरा बिजय महरालाइ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका सबै मृतक चमारका साथी भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतोले पत्रकार सम्मेलनमा जानकारी दिएका छन।

साथीहरु मिली निरन्जन रामलाई मार्ने योजना बनाई योजना अनुसार ३१ गते शनिबारको दिन भोज गरिएको थियो। भोजमा निरन्जन रामलाई अत्याधिक रक्सी खुवाएर मताई बाद बिवाद गरी पुर्व योजना अनुसार सबै साथीहरु मिलेर निरन्जन रामलाई बन्धक बनाई हत्या गरेको प्रहरी नायब उपरिक्षक महतोले बताए।

मृतक चमार र शेख अजादको परिवारिक बिबादको कारण शेख अजाद समेतको योजनामा निरन्जन रामलाई फोनबाट बोलाई पार्टी खुवाई घाँटी रेटी कर्तब्य गरी मारेको अनुसन्धानबाट खुलेको डिएसपी महतोले बताएको राजधानीदैनिकमा खबर छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...