News Portal

भारतबाट तरकारी ल्याउने व्यापारी उर्लाबारी नगरपालिकाले २० हजार जरिवाना

हिमाली संचार संवाददाता
४३५ पटक
२०७७ भाद्र ४,बिहिवार

काठमाण्डौ । कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा भारतदेखि नेपाल तरकारी भित्रिने गरेको पाइएको छ । भारतीय तरकारी नेपाल ल्याउने एक तरकारी व्यापारी उर्लाबारी नगरपालिकाले २० हजार जरीवाना गरेको छ ।

भारतबाट तरकारी बोकेर  भारतीय ट्रक उर्वाबारी आइपुगेका हिजो साँझ उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राई, उर्लाबारी उद्योग बाणिज्य संघका अधयक्ष प्रितम खड्गी, नगर प्रहरी प्रमुख याम कार्कीसहितको टोलीले भारतीय ट्रकमा तरकारी ल्याउँदै गरेको अवस्थामा भारतीय ट्रक नियन्त्रणमा लिएपछि सो रहस्य खुलेको हो । 

भारतीय नम्बरको आरजे १४ जी जे ७८६१ नम्बरको फुलबडी ट्रक तरकारी लिएर उर्लाबारी आइपुगेको स्थानीयले जानकारी गराएपछि उक्त टोली स्थलगत रुपमा पुगेर २० हजार रुपैयाँ जरिवानासहित तरकारी ल्याउने गाडीलाई फर्काइएको नगरप्रहरी प्रमुख याम कार्कीले जानकारी दिएका हुन् । कोरोना संक्रमण समुदाय स्तरमा फैलिन नदिन उर्लाबारी नगरपालिकाले नगरभन्दा बाहिरका तरकारी निषेध गरेको समयमा भारतीय तरकारी नेपाल भित्रिने गरेको पाएकाले सचेत रहन उर्लाबारीका मेयर खड्ग फागोले नगरबासीलाई आग्रह समेत गरेका छन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...