News Portal

  • भारतबाट तरकारी ल्याउने व्यापारी उर्लाबारी नगरपालिकाले २० हजार जरिवाना

    हिमाली संचार संवाददाता
    ३७६ पटक
    २०७७ भाद्र ४,बिहिवार

    काठमाण्डौ । कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा भारतदेखि नेपाल तरकारी भित्रिने गरेको पाइएको छ । भारतीय तरकारी नेपाल ल्याउने एक तरकारी व्यापारी उर्लाबारी नगरपालिकाले २० हजार जरीवाना गरेको छ ।

    भारतबाट तरकारी बोकेर  भारतीय ट्रक उर्वाबारी आइपुगेका हिजो साँझ उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राई, उर्लाबारी उद्योग बाणिज्य संघका अधयक्ष प्रितम खड्गी, नगर प्रहरी प्रमुख याम कार्कीसहितको टोलीले भारतीय ट्रकमा तरकारी ल्याउँदै गरेको अवस्थामा भारतीय ट्रक नियन्त्रणमा लिएपछि सो रहस्य खुलेको हो । 

    भारतीय नम्बरको आरजे १४ जी जे ७८६१ नम्बरको फुलबडी ट्रक तरकारी लिएर उर्लाबारी आइपुगेको स्थानीयले जानकारी गराएपछि उक्त टोली स्थलगत रुपमा पुगेर २० हजार रुपैयाँ जरिवानासहित तरकारी ल्याउने गाडीलाई फर्काइएको नगरप्रहरी प्रमुख याम कार्कीले जानकारी दिएका हुन् । कोरोना संक्रमण समुदाय स्तरमा फैलिन नदिन उर्लाबारी नगरपालिकाले नगरभन्दा बाहिरका तरकारी निषेध गरेको समयमा भारतीय तरकारी नेपाल भित्रिने गरेको पाएकाले सचेत रहन उर्लाबारीका मेयर खड्ग फागोले नगरबासीलाई आग्रह समेत गरेका छन् । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...