News Portal

कृषि मन्त्रालय मातहत कार्यालयको दुई करोड ४८ लाख रकम भ्रमण खर्च

हिमाली संचार संवाददाता
४६९ पटक

२०७७ भदौ ३, बुधबार
नविन शाही/सुर्खेत – कर्णाली प्रदेशको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतका कार्यालयले २ करोड ४८ लाख २ हजार रुपैयाँ भ्रमण खर्च गरेका छन। मन्त्रालय मातहतका २५ वटा कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा अवलोकन भ्रमण खर्च शिर्षकमा उक्त रकम खर्च गरेका हुन्।

मन्त्रालय मातहतका कार्यालयमध्ये सबैभन्दा धेरै पशुपंक्षी विकास कार्यालयले रकम खर्च गरेको छ। सो कार्यालयले २१ लाख ५२ हजार रुपैयाँ अनुगमन मूल्यांकन तथा कार्यक्रम कार्यान्वयन र भ्रमण खर्च शिर्षकमा रकम खर्च गरेको मन्त्रालय स्रोतले जनाएको छ।

त्यस्तै मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार १८ लाख ९९ हजार एकिकृत कृषि प्रयोगशाला सुर्खेतले खर्च गरेको छ भने १८ लाख ३८ हजार कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र सुर्खेतले खर्च गरेको छ।

यस्तै सबैभन्दा बढि रकम खर्च गर्ने चौंथो स्थानमा कृषि विकास निर्देशनालयले १५ लाख भ्रमण खर्च गरेको छ। बागवानी विकास केन्द्र दार्मा हुम्लाले ८ लाख ६९ हजार रुपैयाँ भ्रमण खर्च गरेको छ भने जुफाल डोल्पा कार्यालयले ७ लाख ३० हजार खर्च गरेको मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालय मातहतकै कार्यालय भुमी व्यवस्था तथा सहकारी रजिष्ट्रार कार्यालयले जम्मा १ लाख ४० हजार रकम भ्रमण खर्च गरेको छ।

कृषि विकास कार्यालयमध्ये हुम्लामा धेरै

भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि विकास निर्देशनालय हुम्लाले भ्रमण खर्च वापत सबैभन्दा धेरै रकम खर्च गरेको छ। उक्त कार्यालयले प्रदेशका अन्य जिल्लाको तुलनामा धेरै रकम खर्च गरेको हो।

हुम्ला कार्यालयको आर्थिक वर्ष २०७६/०७७ मा जम्मा ११ लाख ५ हजार खर्च भएको छ भने सबैभन्दा कम कृषि विकास कार्यालय कालिकोटले रकम खर्च गरेको छ। कालिकोट कार्यालयले जम्मा ६ लाख १२ हजार खर्च गरेको मन्त्रालय स्रोतले जनाएको छ।

मन्त्रालयले दिएको जानकारी अनुसार कृषि विकास कार्यालय जाजरकोटको ९ लाख ५ हजार, डोल्पाको ९ लाख ४ हजार र मुगु कार्यालयको ६ लाख ६० हजार भ्रमण खर्च भएको छ।

त्यस्तै कृषि विकास कार्यालय सल्यानको ६ लाख ५० हजार, दैलेखको ६ लाख ४९ हजार र जुम्ला कार्यालयको ८ लाख ४९ हजार भ्रमण खर्च रहेको छ।

पशु अस्पतालमध्ये सबैभन्दा हुम्लाकै धेरै खर्च

भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको पशु अस्पताल तथा पशुसेवा कार्यालय हुम्लाको भ्रमण खर्च प्रदेशका अन्य जिल्लाको तुलनामा धेरै देखिएको छ।

हुम्ला कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा १२ लाख खर्च गरेको छ भने सबैभन्दा कम जुम्ला कार्यालयले जम्मा ७ लाख रकम भ्रमण खर्च गरेको छ।

मन्त्रालय स्रोतका अनुसार पशुअस्पताल तथा पशु सेवा कार्यालय दैलेखले ८ लाख ५० हजार, रुकुम पश्चिमले ९ लाख १० हजार, जाजरकोटले ८ लाख र सल्यान कार्यालयले १० लाख ९० हजार रकम भ्रमण खर्च गरेका छन्। साथै सल्यान कार्यालयले ३ लाख रुपैयाँ चियापान खर्च समेत गरेको छ।

त्यस्तै पशु अस्पताल तथा पशु सेवा कार्यालय कालिकोटले ८ लाख ५० हजार, मुगुले १० लाख र डोल्पा कार्यालयले ९ लाख भ्रमण खर्च गरेको मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...