News Portal

राष्ट्रिय झण्डा जलाउँदै जातीय द्वन्द्व भड्काउने आपत्तिजनक र्‍याप गीत युट्युवमा

हिमाली संचार संवाददाता
५३२ पटक
२०७७ भाद्र २, मंगलवार

काठमाण्डौ । सामाजिक सञ्जाल युट्युबमा नेपालको राष्ट्रिय झण्डा जलाउँदै जातीय द्वन्द्व भड्काउने एउटा गीत मंगोल हव अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको छ । हिजो भदौ १ गते अपलोड गरिएको ४ मिनेट २७ सेकेण्ड रहेको भिडियो ३ लाख भन्दा बढीले हेरेका छन् ।

उक्त गीतको सुरुमा नेपालको राष्ट्रिय झण्डा जलाइएको देखाएको छ । गीतमा झण्डालाई ‘ब्रा’ जस्तो भनेर शब्द प्रयोग गरिएको गीतले जातीय द्धन्द्धलाई प्रशय दिने खालको गीतमा ढाका टोपीलाई समेत अपमानजनक शब्द प्रयोग गरेका छन् ।

गायक स्वरुप राज आचार्यले सरकारलाई संगीतमा सेन्सरको विषयमा अनुरोध गर्दा सरकारले बेवास्ता गर्दा यस्तो दुर्घटना हुन गएको फेसबुक पेजमा स्टाटस लेख्दै यस्तो गम्भीर विषयमा सरकारको पुन ध्यानाकर्षण गरेका छन् ।

आपत्तिजनक शब्द र भिडियो फुटेज रहेको सो गीतमा नेपालको झण्डा जलाएको छ भने ‘बाहुन क्षेत्री लुटेरा शरणार्थी’ भएको भन्ने जस्ता आपत्तिजनक जातीय शब्द प्रयोग गरेर बाहुन क्षेत्री नेपालबाट खेद्नुपर्छ जस्ता शब्द रहेको छ । मकवानपुरको सल्लेरीमा रहेको विष्णु आधारभूत माध्यामिक विद्यालयको प्रांगणमा नेपालका झण्डा जलाइएको भिडियोमा देखिएको छ ।

भिडियोको थम्नलेलमा देशद्रोही शरणार्थी बाहुन क्षेत्रीको हिन्दू झण्डा भन्दै जलाएपछि भन्ने शब्द राखिएको छ । जहाँ नेपालको राष्ट्रिय झण्डा र पृथ्वी नारायण शाह, प्रचण्ड, ज्ञानेन्द्र शाह, विश्वेश्वरप्रसाद कोइराला लगायतका नेताको तस्वीर पनि जलाइएको छ । 

देशद्रोही शीर्षक राखिएको सो भिडियोको तल गायकको परिचय दिएको छ । मंगोलियन -याप नाम दिइएको सो गीतका रचनाकार र गायक मंगोल ग्याल्जे लि र एटिएम, भाषा खस र राष्ट्रियता नेपाली लेखिएको छ । सार्वजनिक गीतलाई लाईक भन्दा धेरै डिसलाईक गरिएको छ ।

सार्वजनिक भिडियो सामाजिक सञ्जालमा आएसँगै यस्तो कार्य गर्नेलाई कारवाही गरिनुपर्ने माग सामाजिक सञ्जालमा चर्को रुपमा उठेको छ । महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले भिडियोमा राष्ट्रिय झण्डा जलाउने व्यक्तिको खोजीकार्य भइरहेको बताएका छन् । 

एसएसपी थापाका अनुसार गीतको भिडियो बनाउने मुख्य व्यक्ति हेटौंडामा छन् । ती व्यक्तिको समेत मकवानपुर प्रहरीको समन्वयमा खोजीकार्य भइरहेको थापाले बताए । यस्तै, भिडियो खिच्ने फोटोग्राफरको लगभग पहिचान भइसकेको थापाले बताए ।

सामाजिक सदभाव खल्बलाउने यस्तो कार्य प्रति राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्रियताको प्रतीक राष्ट्रिय झण्डा जलाउनु नेपालको संविधानले पनि अपराध मानेको संगठनका महासभिव जनक फडेराले बताए । देशको राष्ट्रिय झण्डाको अपमान गर्नेलाई कारवाहीको माग चर्किरहँदा यस्तो कसूर गर्नेलाई के–कस्तो सजाय हुन सक्छ भन्ने विषयमा जनचासो बढेको छ । 

मुलुकी अपराध संहिताले देशको अपमान गर्ने गरी राष्ट्रिय झण्डा जलाउनुलाई दण्डनीय अपराधको रुपमा व्याख्या गरेको छ । मुलुकी अपराध संहिताको दफा १५१ मा राष्ट्रिय ज्ञान, झण्डा वा निशान छापको अपमान गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजारसम्मको जरिवाना हुने उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...