News Portal

  • सेयर गर्नुहोस आज भदौ २ गते मंगलवारको राशिफल

    हिमाली संचार संवाददाता
    ५६० पटक

    वि.सं.२०७७ साल भदौ २ गते मंगलवार | सन् २०२० अगस्ट १८ तारीख | नेपाल संवत ११४०

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

    बलजफ्ती गर्ने बानीले व्यर्थैमा समस्या उत्पन्न हुनेछ। चिताएका काममा ढिलासुस्ती हुन सक्छ। अल्छीपनाले पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। व्यापार-व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउन सक्छ। बोली व्यहारमा संयम रहँदै नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ। चिताएका काममा अनायासै व्यवधान देखा पर्न सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फड्को मार्न सकिनेछ। मनग्गे धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रोकिएको काम सम्पादन हुनेछ भने आयस्रोत समेत बढ्ने समय छ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। सोचेभन्दा बढी नै लाभ हुने सम्भावना छ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

    राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

    चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नुपर्ला। अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्दा उपलब्धि सोचेजस्तो नहोला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउनेछन्। स्वास्थ्यमा पनि कमजोरी अनुभव हुनेछ। सहयोगीहरू पछि हट्न सक्छन्। समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिने सम्भावना रहेकाले सजग रहनुहोला।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। समयमा सजग नहुँदा काममा अवरोध आउन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। गलत व्यक्तिको विश्वास गर्नाले धोका हुनेछ। गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्नेछ। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। मनोरञ्जन तथा लोकाचारका लागि फजुल खर्च हुन सक्छ। सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। समस्या पर्दा आफन्तको साथ जुट्नेछ। काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउनेछ। अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

    रोकिएका काम पुन: प्रारम्भ गर्न सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। लामो यात्रा व्यवस्थापनका लागि केही रकम खर्च हुने समय छ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    परिस्थितिवश चिताएको काम रोकिन सक्छ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले सताउला। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। विविध समस्याले लक्ष्य प्राप्त गर्न नसकिएला। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला।

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    रास्वपालाई गृहमन्त्रीको चासो : लामिछाने कुन भिसामा अमेरिका पुगे ?

    काठमाडौं, असार२५ – गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अमेरिका यात्रालाई...

    श्रीमानसँगको सम्बन्धका कारण युवतीको सामूहिक कुटपिटमा मृत्यु, झापामा ६ जना पक्राउ

    झापा, असार २५  – झापाको अर्जुनधारा नगरपालिका–४ भाङवारीमा एक युवतीको सामूहिक कुटपिटबाट मृत्यु भएको छ।...

    खेलकुदमा सरकारको सक्रियता : अब खेलाडीहरू पेशागत रूपमा अगाडि बढ्न सक्ने प्रधानमन्त्री ओलीको दाबी

    काठमाडौं, असार २५ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका...

    जनकपुरमा ससुराको हत्या गरी फरार ज्वाइँ रेल्वे स्टेशनबाट पक्राउ

    जनकपुर, असार २५ – जनकपुरधाममा आफ्नै ससुराको हत्या गरेर फरार रहेका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको...

    आधुनिक सामग्री निर्माणको एड्भान्स तालिम सुरु

    रविन्द्र बराल/ मोरङ, असार २५ – रंगेली नगरपालिकामा बाँसबाट आधुनिक सामग्री निर्माणसम्बन्धी एक महिनाको एड्भान्स...