News Portal

जन्मदिनमा समाजसेवी काईरालाद्वारा साँझा घर नेपाललाई सहयोग

हिमाली संचार संवाददाता
५८५ पटक

२०७७ भदौ १, सोमबार
काठमाडौं – समाजसेवी नानु काईराला निरौलाले सुर्खेतको बीरेन्द्रनगर रहेको साँझा घर नेपाललाई खाधान्न वितरण गर्नु भएको छ। कोईरालाले सुर्खेतको लाटिकोईलीस्थित साझाँ घर नेपालमा रहेका असाहय तथा अपाङगता भएकाहरुलाई खाधान्न सहयोग गर्नुभएको हो।

काठमाडौं बासबारी निवासी कोईरालाले आफ्नो जन्मदिनको अवसर पारेर फजुल खर्च गर्नुको साटो थोरै भएपनि असाहाय र अनाथ बालबालिकालाई सहयोग गरेको बताउनुभयो।

समाजसेवी कोईरालाले यसरी सहयोग गर्न पाएकोमा खुशि व्यक्तगर्दै आगामी दिनमा पनि साझाँ घरलाई सहयोग गर्दै जाने बताउनुभएको छ।

२०७५ सालमा स्थापना भएको साझा घरमा अहिले १६ जना बालबालिका र १० जना वृद्धसहित २६ जना रहेका छन। यी मध्ये केही दुष्टिविहिन तथा अपाङगता भएका व्यक्रिहरु रहेको साँझा घर नेपालले जनाएको छ।

विपन्न असाहय व्यक्तिहरु बसोबास गर्दै आएका साझाँ घरमा अहिले कर्णालीका विभिन्न जिल्लाका सडक बालबालिका देखि बृद्धसम्म रहेको साँझा घरका प्रतिनिधि तपेन्द्र विकले बताउनुभयो।

उहाँले अहिले धेरै बालबालिकाहरु रहेकाले अहिले उनिहरुको स्यारसुहारमा समस्या भएको भन्दै सहयोग गरिदिन सबैसंग आग्रह गर्नुभयो। उहाँले आफुहरुले बालबालिकाको लागि थोरै आर्थिक साहयता माग्दा पनि स्थानिय र प्रदेश सरकारले कुनै व्यवस्था गर्ने बताउनुभयो।

अहिले केही सहयोगी मनहरुबाट थोरैभएपनि सहयोग हुदै आएको भएपनि अझै खानेपानी, घरभाडा तिर्नसम्म आफुहरुलाई निकै अफ्ठायारो परेको बताउनुभयो।

मासिक २२ हजार घर भाडा तिर्दै आएको संस्थाले रकम अभावहुदाँ १३ महिना देखी घरभाडा समेत तिर्न नसकेको उहाँको भनाई छ। सडकमा रहेका कलिला बालबालिका देखि बृद्धबृदा समेतले एक गाँस खान र बस्न नपाएको अवस्थामा आफुहरुले उनिहरुलाई पालनपोषण गरेको उहाँको भनाई छ।

त्यहाँ रहेका बालबालिकाले अहिले नजिकै रहेको लाटीकोईलीको शिव माध्यमिक विधालय र नवज्योति केन्द्रमा अध्यन समेत गर्दै आएका छन।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...