News Portal

  • जन्मदिनमा समाजसेवी काईरालाद्वारा साँझा घर नेपाललाई सहयोग

    हिमाली संचार संवाददाता
    ४८९ पटक

    २०७७ भदौ १, सोमबार
    काठमाडौं – समाजसेवी नानु काईराला निरौलाले सुर्खेतको बीरेन्द्रनगर रहेको साँझा घर नेपाललाई खाधान्न वितरण गर्नु भएको छ। कोईरालाले सुर्खेतको लाटिकोईलीस्थित साझाँ घर नेपालमा रहेका असाहय तथा अपाङगता भएकाहरुलाई खाधान्न सहयोग गर्नुभएको हो।

    काठमाडौं बासबारी निवासी कोईरालाले आफ्नो जन्मदिनको अवसर पारेर फजुल खर्च गर्नुको साटो थोरै भएपनि असाहाय र अनाथ बालबालिकालाई सहयोग गरेको बताउनुभयो।

    समाजसेवी कोईरालाले यसरी सहयोग गर्न पाएकोमा खुशि व्यक्तगर्दै आगामी दिनमा पनि साझाँ घरलाई सहयोग गर्दै जाने बताउनुभएको छ।

    २०७५ सालमा स्थापना भएको साझा घरमा अहिले १६ जना बालबालिका र १० जना वृद्धसहित २६ जना रहेका छन। यी मध्ये केही दुष्टिविहिन तथा अपाङगता भएका व्यक्रिहरु रहेको साँझा घर नेपालले जनाएको छ।

    विपन्न असाहय व्यक्तिहरु बसोबास गर्दै आएका साझाँ घरमा अहिले कर्णालीका विभिन्न जिल्लाका सडक बालबालिका देखि बृद्धसम्म रहेको साँझा घरका प्रतिनिधि तपेन्द्र विकले बताउनुभयो।

    उहाँले अहिले धेरै बालबालिकाहरु रहेकाले अहिले उनिहरुको स्यारसुहारमा समस्या भएको भन्दै सहयोग गरिदिन सबैसंग आग्रह गर्नुभयो। उहाँले आफुहरुले बालबालिकाको लागि थोरै आर्थिक साहयता माग्दा पनि स्थानिय र प्रदेश सरकारले कुनै व्यवस्था गर्ने बताउनुभयो।

    अहिले केही सहयोगी मनहरुबाट थोरैभएपनि सहयोग हुदै आएको भएपनि अझै खानेपानी, घरभाडा तिर्नसम्म आफुहरुलाई निकै अफ्ठायारो परेको बताउनुभयो।

    मासिक २२ हजार घर भाडा तिर्दै आएको संस्थाले रकम अभावहुदाँ १३ महिना देखी घरभाडा समेत तिर्न नसकेको उहाँको भनाई छ। सडकमा रहेका कलिला बालबालिका देखि बृद्धबृदा समेतले एक गाँस खान र बस्न नपाएको अवस्थामा आफुहरुले उनिहरुलाई पालनपोषण गरेको उहाँको भनाई छ।

    त्यहाँ रहेका बालबालिकाले अहिले नजिकै रहेको लाटीकोईलीको शिव माध्यमिक विधालय र नवज्योति केन्द्रमा अध्यन समेत गर्दै आएका छन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...