News Portal

अनियमितता गरेको अभियोगमा सेनाका सहायक रथी राणा र महासेनानी सिलवाल बर्खास्त

हिमाली संचार संवाददाता
४१४ पटक

काठमाडौँ — सेनाले सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर समेत गरेको अभियोगमा दोषी ठहर गर्दै सहायक रथी प्रयोग राणा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट बर्खास्त गरेको छ ।

आइतबार बसेको समरी जनरल सैनिक अदालतबाट पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा ‘सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसुर समेत गरेको’अभियोगमा सैनिक ऐन, २०६३ बमोजिम उनीहरुलाई दोषी ठहर गरिएको सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार संगठनबाट बर्खास्तीसँगै सहायक रथी राणाले आफूले अनियमितता गरेको १ करोड ५२ लाख २७ हजार ३२१ रुपैयाँ र महासेनानी सिलवालले १५ लाख ७९ हजार ४८० रुपैयाँ सेनाको खातामा दाखिला गर्नु पर्ने पनि हुन्छ ।

 

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार संगठनबाट बर्खास्तीसँगै सहायक रथी राणाले आफूले अनियमितता गरेको १ करोड ५२ लाख २७ हजार ३२१ रुपैयाँ र महासेनानी सिलवालले १५ लाख ७९ हजार ४८० रुपैयाँ सेनाको खातामा दाखिला गर्नु पर्ने पनि हुन्छ ।

सैनिक मुख्यालयबाट जारी विज्ञप्तिअनुसार उक्त अदालतबाट सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त) लाई सफाई दिने फैसला गरेको छ ।

सैनिक हिरासतमा राखेर सोधपुच्छ थाल्नुअघि राणा सैनिक कल्याणकारी निर्देशनालयका प्रमुखको हैसियतमा कार्यरत थिए भने सिलवाल सोही निर्देशनालयमा कार्यरत थिए ।

दुवैलाई जेठ ८ गतेदेखि सुन्धारास्थित राष्ट्रिय सेवा दलस्थित कार्यालय परिसरको हिरासतमा राखिएको छ । प्रमाण नष्ट नहोस् र छानबिनमा सहज होस् भनेर उनीहरुलाई सैनिक हिरासतमा राखिएको सेनाले जनाएको थियो ।

राणा र सिलवालले दुई वर्षअघि वीरेन्द्र शान्ति तालिम केन्द्र (संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ जानुअघि प्रशिक्षण गर्ने स्थान) काभ्रेको पाँचखालमा अनियमितता गरेको अरोप लागेको थियो । त्यस बेला महासेनानी रहेका राणा तालिम केन्द्रका प्रमुख थिए भने सिलवाल उनको मातहतमा काम गर्थें । सेनाले आर्थिक अनियमितता भएको संकेत पाएपछि सैनिक ऐन–२०६३ अनुसार उपरथीको नेतृत्वमा कोर्ट अफ इन्क्वायरी गठन गरी छानबिन गरिएको हो ।

यस्तै, सेनाले असार १७ गते संगठनको चेन अफ कमान्डलाई नमानेको कसुरमा दुई जना उच्च सैनिक अधिकारीहरुलाई सेवाबाट बर्खास्त गरिएको थियो । बर्खास्त हुनेमा सैनिक मुख्यालयमा कार्यरत सहायक रथी सुरेन्द्रसिंह रावल र पूर्व पृतना मुख्यालय इटहरीमा कार्यरत महासेनानी अनिल खड्का थिए ।

रावललाई अमेरिकाबाट वार कलेज अध्ययन गरेका थिए र उपरथी लाइनमा पनि थिए । उनीहरुलाई माथिल्लो तहबाट भएका आदेश पालना नगरेको, सैनिक अनुशासन उल्लंघन गरेको तथा पदीय ओहोदा अनुसार जिम्मेवारी निर्वाह नगरेको कसुरमा दोषी ठहर गर्दै बर्खास्त गरिएको थियो ।

यस्तै, जेठ ९ गते सेनाका महासेनानी भुपालमान अधिकारीसहित तीन सैनिक अधिकृत र दुई अन्य दर्जाका सैनिकले भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयमा अनियमितता गरेको ठहर गरेको थियो । जसमा महासेनानी भुपालमान अधिकारीसँग विगो रकम एक करोड ८५ लाख ४० हजार एक सय आठ रुपैयाँ ११ पैसा असुलउपर गर्ने निर्णय भएको थियो ।

त्यसपछि जेठ १६ गते सेनाले सैनिक हवाई महानिर्देशनालयका पूर्व महानिर्देशक उपरथी (अवकाश प्राप्त) पाइटल सुधीर श्रेष्ठले आर्थिक अनियमितता गरेको ठहर गरेको थियो ।

समरी जनरल सैनिक अदालतले तत्कालीन सैनिक हवाई महानिर्देशक श्रेष्ठ महानिर्देशक रहेको अवधिमा ओहद अनुसार कानुनत: पालना गर्नु पर्ने प्रक्रिया र दायित्व पूरा नगरी अनियमितता गरेको फैसला गरेको थियो । सैनिक ऐनबमोजिम श्रेष्ठसँग ५८ लाख ९५ हजार ५ सय ९० असुलउपर गर्ने र नसिहत दिने निर्णय समरी जनरल सैनिक अदालतले गरेको हो ।

पूर्णचन्द्र थापा प्रधानसेनापति भएपछि आर्थिक अनियमिततालाई छानबिन गरेर सैनिक समरी अदालतबाट कारबाही हुने उपरथी श्रेष्ठ सबैभन्दा माथिल्ला वरीयताका सैनिक अधिृकत हुन् ।

सेनामा साना र तल्लो तहका सैनिकहरु मात्र कारबाही पर्ने तर माथिल्लो तहका अधिकृतहरु छुट्ने प्रचलन रहँदै आएको थियो । तर सेनाले अहिले हरेक तहका सैनिकहरुलाई अनियमिता गरेपछि कारबाही गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...