News Portal

गोरखामा एकसाता निषेधाज्ञा जारी

हिमाली संचार संवाददाता
५६६ पटक
साउन ३२ २०७७

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले सोमबारदेखि लागु हुने गरी एकसातासम्म निषेधाज्ञा जारी गरेको छ । आइतबार बसेको जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले भदौ ७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

समुदाय स्तरमा कोरोना संक्रमित भेटिन थालेपछि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए ।

उनका अनुसार जिल्लामा सार्वजनिक यातायात सञ्चालनमा पूर्ण रोक लगाइने छ । अत्यावश्यक प्रयोजनमा प्रयोग भएका बाहेक अन्य निजी सवारी पनि चल्न नपाउने उनले जानकारी दिए ।

‘जिल्लाका विभिन्न ठाउँमा रहेको बैंङ्क तथा वित्तीय संस्थाले प्रवाह गर्ने बाह्य सेवा बन्द हुन्छ,’ प्रजिअ भट्टराईले भने, ‘खाद्यान्न, औषधि र पेट्रोलियम पदार्थ बाहेकका अरु पसलहरु खोल्न पाउने छैनन् ।’

सरकारी कार्यालयले प्रवाह गर्ने अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिसकिएको जानकारी गराउदै उनले भने, ‘स्थानीय तहलाई पनि अति आवश्यकबाहेकका अन्य सेवा बन्द गर्न भनेका छौं ।’

जिल्ला प्रवेश गर्ने नाकाहरुमा कडाइ गरिने उनले बताए । सवारी पासबाहेकका अन्य सवारी साधनलाई राति ९ बजेदेखि बिहान ६ बजेसम्म जिल्ला प्रवेशमा पूर्ण रोक लगाइने उनले जानकारी दिए । सुरक्षा व्यवस्थालाई थप कडाइ गर्न सदरमुकाम लगायत प्रभावित क्षेत्रमा नेपाली सेना, प्रहरी र सशस्त्रको संयुक्त टोलीको गस्ती खटाउने बैठकले निर्णय गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...