सुनको झुम्का, साढे २ लाख नगत र आईफोनसहित एकजना प्रहरी नियन्त्रणमा

२०७७ साउन ३२, आइतबार
सुर्खेत – सुनको जस्तो देखिने गहना सहित प्रहरी वीरेन्द्रनगर-३ बाट आज थप एक जनालाई नियन्त्रणमा लिएको छ। विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले दैलेखको आठविसकोट नगरपालिकाका बमबहादुर शाहीलाई प्रकाउ गरेको हो।
प्रहरीले उनको साथबाट सुनजस्तो देखिने ५ वटा झुम्का २ लाख ५० हजार नगत र एक सेट आईफोन मोबाईल बरामद गरेको छ।
यसअघि प्रहीले वीरेन्द्रनगर–३ जलेश्वर मन्दीर नजिकैबाट सुनको साना चुरा १६ थान, ठुलो आकारको सिरफूल ४ थान, झुम्का थान, क्लीप काँटा ३ थान बरामद गरेको थियो। गहना लुकाएको आरोपमा पन्चपुरी-३ पलैटेका हिक्मत सुनारलाई यसअघि प्रहीले नियन्त्रणमा लिईसकेको छ।
शाहीमाथी थप अनुसन्धान थालिएको प्रहरीको भनाई छ। प्रहरीले बरामद गहना सुनको हो/ होइन भन्नेबारे परिक्षण गरेपछि मात्र थाहा हुने बताएको छ।
चोरीका गहना भएको आशंका गरिएको भन्दै गहना कसले कहाँबाट ल्यायो भन्नेबारे अनुसन्धान भइरहेको बताएपनि सुनको बारेमा प्रहरीले अहिलेसम्म कुनै जानकारी गराएको छैन।













