News Portal

फोहोर संकलनमा नगरपालिकाको चरम लापरवाही

मन्त्री नै जलाउन विवश छन फोहोर !

हिमाली संचार संवाददाता
४१९ पटक

२०७७ साउन ३२, आइतबार
सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ७ इत्राम सरकारी अधिकारी बस्ने महत्वपुर्ण क्षेत्र हो। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, उद्योग पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको निवास यहि क्षेत्रमा पर्दछ।

जिल्ला समन्वय समितिका प्रमुख छवि सिग्देल, प्रदेश सरकारका प्रमुख सचिव, जिल्ला समन्वय अधिकारी र विभिन्न सरकारी निकायमा कार्यरत कर्मचारीहरुको बसोबास गर्ने प्रमुख स्थान हो इत्राम।

त्यति मात्रै होइन, लोकतन्त्रको आधार स्तम्भ मानिने प्रदेश सभा पनि इत्राममै छ। प्रदेश प्रहरी कार्यालयको मुख्यालयदेखि जिल्ला समन्वय समिति, क्याम्पस शिक्षा सुर्खेत, नेपाल विद्युत प्राधिकरण सुर्खेत, सुर्खेत कारागारलगायतका सरकारी संरचनाका क्वाटरहरुसमेत यहि स्थानमा पर्ने गर्दछन्।

राजधानीकै विशिष्ट व्यक्ति बस्दै आइरहेको यो इत्रामको अवस्था सबैभन्दा राम्रो हुनुपर्ने हो। सुरक्षाका दृष्टिले, सरसफाईका दृष्टिले तर अहँ त्यस्तो छैन।

वीरेन्द्रनगरपालिकाले हरेकदिन बजार क्षेत्रमा फोहोर संकलन गर्ने गरेपनि यो क्षेत्रमा फोहोर जलाउने गरिएको छ। सरकारी क्वाटरका अगाडी फोहोर थुप्रिएको छ।

कुहिएको भात, प्लाष्टिकहरु छरिएका छन्। मानौं यहाँ वीरेन्द्रनगर नगरपालिकाको यो क्षेत्र नै होइन। ‘म यहाँ बस्दै आएको चार वर्ष भन्दा बढि भइसकेको छ। फोहोर संकलन गर्नको लागि कहिल्यै ट्याक्टर आएन।’ सरकारी निवासमा बस्दै आइरहेकी अस्मिता शाही भन्छिन्, ‘कम्तिमा यति विशिष्ट क्षेत्रमा त फोहोर संकलन गर्न आउनु पथ्र्यो नि।

बरु हामी प्रतिघर मासिक जति दिनु पर्ने हो दिन तयार छौं।’ कर्मचारीहरु भएका कारण फोहोर बोकेर टाढा जान नसकिने तर नगरपालिकाले ट्याक्टर नै नपठाउँदा फोहोर जलाउनुको विकल्प नभएको उनको भनाई छ।

सरकारका मन्त्रीहरुको निवास अगाडी हेर्न जानुभयो भने त्यहाँ पनि फोहोर जलाइएको पाउनु हुन्छ। स्थानीय कमल थापा भन्छन, ‘मन्त्री नै फोहोर जलाउँछन भने हामी के गर्नु ?’ कम्तिमा फोहोर संकलनका लागि नगरपालिकाले हरेक दिन नसकेपनि सातामा एक दिन सरकारी निवास क्षेत्रमा ट्याक्टर पठाउनु पर्ने उनको माग छ।

नगरपालिकाले फोहोर संकलन कार्यविधि बनाई कार्यान्वयन गरिरहेको छ। प्रतिघर ३० रुपैंयादेखि माथिको दर रेट असुल गर्दै आइरहेको छ तर सरकारी निवास क्षेत्रमा भने नगरपालिका अहिलेसम्म पस्न सकेको छैन।

या त नगरपालिका सरकारी संयन्त्रसँग पैसा असुल्न डराएको हो या त नटेरेको हो। सिंचाई डिभिजन कार्यालयको भवनमा बस्दै आइरहेका एक कर्मचारी भन्छन, ‘महिनाको पचास, सय त को दिन सक्दैन र ? फोहोर भएका कारण नै ठूलाठूला लामखुट्टे यहि क्षेत्रमा छन्। उनीहरुले टोकेको खण्डमा फोका नै उठने गरेको र कम्तिमा आधा घण्टासम्म चिलाउने गरेको भन्दै नगरपालिकाले तत्काल फोहोर संकलनका लागि आवश्यक काम गर्नुपर्ने उनको सुझाव छ।

यता, यसबारेमा कुरा गर्न खोज्दा वडा नं. ७ का अध्यक्ष ध्रुवकुमार चपाई, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालको फोन सम्पर्क हुन सकेन।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...