News Portal

धरानको वीपीस्थित ट्रमा सेन्टर र मानव अंग प्रत्यारोपण केन्द्र बनाउने निर्णय

हिमाली संचार संवाददाता
५६२ पटक
२०७७ साउन ३१, शनिवार

दिलीप राई, धरान । धरान उपमहानगरपालिका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ट्रमा सेन्टर साथै मानव अंग प्रत्यारोपण केन्द्र विस्तार हुने भएको छ। गत शुक्रवार काठमाडौंमा सम्पन्न ४४ औं सिनेट बैठकले धरान स्थित प्रतिष्ठानमा ट्रमा सेन्टर साथै मानव अंग प्रत्यारोपण केन्द्र विस्तार गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीका अनुसार ट्रमा सेन्टर प्रतिष्ठानकै हाडजोर्नी विभाग अन्र्तगत रहने गरेर विस्तार हुन लागेको जानकारी दिएका छन् । प्रा.डा. रेग्मीका अनुसार  मानव अंगका महत्वपूर्ण अंग मिर्गौला, कलेजो, प्यांक्रियाजलगायत अंग प्रत्यारोप अब वीपी प्रतिष्ठानमा हुने जानकारी दिएका हुन् । यो सेवा विस्तार संगै पुर्वाञ्चलका आम जनतालाई स्वास्थ्य उपचारमा ठुलो राहत पुग्ने भएको छ । ट्रमा सेन्टर र हाडजोर्नी विभाग अन्र्तगत रहने पनि रजिष्ट्रार डा.रेग्मीले जानकारी दिएका हुन् । 

धरान स्थित वीपी प्रतिष्ठानमा चलअचल सम्पत्तिमा स्वास्थ्य सेवा विस्तार गर्नको लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय पनि गरेको छ । यसको लागि कार्यसमितिलाई सम्भाव्यता अध्ययन समिति गठन गर्ने अधिकार विस्तारित सिनेट बैठकले दिएको छ। कार्यसमितिले सम्भाव्यता अध्ययन समिति गठन गर्ने गरी, उक्त समितिले स्थानीय एवम् सम्बन्धित सरोकारवाला संग छलफल गरेर अध्ययन प्रतिवेदन बुझाउने गरी निर्णय भएको रजिष्ट्रार रेग्मीले जानकारी दिएका छन् । 

काठमाण्डौमा सिनेट बैठक बस्नुअघि धरानमा नेपाली कांग्रेस कार्यकर्ताहरुले प्रतिष्ठानको जग्गा व्यापारीलाई जिम्मा दिन लागेको भन्दै व्यापाक विरोध गरेका थिए । उनीहरुले सुन्दर हरैचास्थित प्रतिष्ठानको जग्गामा नेकपाका स्वर्गीय नेता मदन भण्डारीको नाममा ट्रमा सेन्टर बनाउन लागेको, धरान र काठमाडौंमा भएको जग्गा व्यापारिक प्रयोजनको लागि भाडामा दिन लागेको आरोप लगाउदै प्रतिष्ठानमा प्रर्दशनसमेत गरिरहेका थिए ।

धरानमा बाहिर चलेको हल्ला विपरीत सिनेट बैठकले खाली जग्गामा स्वास्थ्य सेवा विस्तार गर्न अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ भने ट्रमा सेन्टर धरानस्थित प्रतिष्ठानको हाडजोर्नी विभाग मातहतमा रहने गरि विस्तार गर्ने निर्णय गरेको छ। वीपीका रजिष्ट्रार डा.रेग्मीका अनुसार कुनै पनि विवादास्पद निर्णय भएको छैन, जग्गा बेच्न लाग्यो भन्ने हल्ला भ्रामक हो । 

शिक्षामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा सम्पन्न बैठकले धरानको प्रतिष्ठानको नियमावली संशोधनको लागि रेक्टर प्रा.डा.गुरु खनाल संयोजक रहने गरी एक कार्यसमिति पनि गठन गर्दै, बैठकले प्रतिष्ठानको आर्थिक वर्ष २०७७/०७८ सालको २ अर्ब ९८ करोडको बजेट समेत पारित गरेको छ।

बैठकले प्रतिष्ठानलाई पुर्ण विश्वविद्यालय बनाउन एक कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ । प्रतिष्ठानलाई विश्वविद्यालय रुपमा विस्तार गर्ने निर्णय पहिले नै सिनेट बैठकले निर्णय गरेको थियो । उक्त निर्णयलाई थप कार्यान्वयनका लागि विभिन्न पक्ष संग व्यापक अध्ययन गर्दै थप ९ सदस्यीय कार्यदल बैठकले गठन गरेको छ । उक्त कार्यदलको संयोजकमा प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरी रहेका छन् भने सदस्य सचिवमा रजिष्ट्रार डा.रेग्मी छन् । कार्यदलमा मेडिकल शिक्षाका विज्ञरुलाई समेत राखिएको छ ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...