रबिन्द्र बराल, मोरङ । मोरङको रंगेली नगरपालिका भित्रको मुख्य बजार क्षेत्र हुदै समुदायमा कोरोना फैलिए संगै रंगेलीमा पछिल्लो पटक ३० जनामा कोरोना पुष्टि भएपछि कोरोना संक्रमितको कन्ट्याक्ट्मा आएका २ सय १७ जनाको स्वाब परिक्षण गर्दा एक गर्भवती महिला, एक ६ महिनाको बालिका सहित २८ जनामा कोरोना पुष्टि भएको छ।
मोरङको रंगेली नगरपालिकामा कोरोना परीक्षण गरिएका मध्ये १ सय ७८ जनाको स्वाब परिक्षण रिपोर्ट आएकाे छ भने ३८ जनाको रिपोर्ट आउन बाकी रहेको छ। पालिकाको वडा नं. ७ का १९ जना मध्ये १४ जना पुरुष र ७ जना महिला रहेका छन।
वडा नं. ६ काे ४ जना, १ जना महिला र ३ जना पुरुष समेत रहेका छन। वडा नं. ४ का १ जना, वडा नं. ३ का १ जना, सशस्त्र प्रहरी वलका २ जना प्रहरी र नेपाल बिधुत प्राधिकरणका १ जना रहेका छ।
रंगेली वडा नं. ७ का करिब ६ महिनाको बालिकामा समेत कोरोना पुष्टि भयो। बालिकाको आमाको रिपाेर्ट भने नेगेटिभ आएको छ। उनीहरुलाई जनता क्यापसको आईसाेलेसनमा राख्ने तयारी भएको स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मंडलले जानकारी दिएका छन्।