News Portal

दैनिक ब्याडमिन्टन खेल्दा शरीरलाई यस्तो फाईदा हुन्छ

हिमाली संचार संवाददाता
५५७ पटक
२०७७ साउन ३०, शुक्रवार

काठमाण्डौ । स्वस्थ्य रहन र फिट शरीरका लागि मानिसहरू विभिन्न शारीरिक व्यायाम गर्ने गरिरहेका हुन्छन् । अनावश्यक तौल घटाउन र सुन्दर शरीरका लागि खानामा कन्ट्रोल गरेर विभिन्न शारीरिक व्यायम गरिरहेका हुन्छन् । अन्य शारीरिक व्यायाम भन्दा पनि दैनिक आधा घन्टा ब्याडमिन्टन खेल्दा शरीरलाई धेरै फाइदा पुग्ने अध्ययनले पुष्टि गरेको छ । शरीरको तौल घटाउनका लागि ब्याडमिन्टन सबैभन्दा राम्रो माध्यम हो । ब्याडमिन्टन खेल्दा शरीरलाई बल पर्ने हुदा शरीरको विभिन्न अंगमा राम्रो व्यायाम हुन्छ ।

दैनिक एक घन्टा ब्याडमिन्टन खेल्दा शरीरबाट ४ सय ५० देखि ५ सय क्यालोरीसम्म बोसो नष्ट हुने हुँदा एक महिनामा करिब ४ किलो तौल घट्ने हुन्छ । ब्याडमिन्टन खेल्दा शरीरको प्रायः सबै मांसपेशीहरूको प्रयोग हुन्छ। ब्याडमिन्टनले शरीरलाई स्वास्थ्य राख्न मद्दत गर्ने कुरालाई विभिन्न अध्ययनहरूले समेत पुष्टि गरेको छ ।

ब्याडमिन्टन खेल्दा शरीरको मांशपेशीहरू बलियो हुने, हड्डीलाई मजबुत बनाउने, मेटाबोलिजम बढाउने, मुटु, मिर्गौला तथा कलेजो जस्तो शरीरका महत्वपूर्ण अंगहरु स्वस्थ्य राख्न सहयोग गर्छ । ब्याडमिन्टनले चिनीको मात्रा कम गर्न एक घण्टाभित्र पर्याप्त शारीरिक गतिविधि प्राप्त गर्न मद्दत पुग्छ । यसले कलेजोले चिनीको समग्र उत्पादनलाई घटाउँछ जसले रोगहरूलाई कम संवेदनशील बनाउँदछ ।

ब्याडमिन्टनले रक्तचाप कम गर्ने, सुत्दा घुर्ने समस्या कम गर्ने, काममा ध्यान केन्द्रित गर्न मद्दत गर्ने तथा शरीरबाट हानिकारक टक्सिनहरूलाई पसिनाको माध्यम हुदै, शरीरबाट निकालेर शरीरलाई हलुका र फिट राख्न मद्दत गर्छ ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...